चीनले बंगलादेशलाई कोभिडविरुद्ध लड्न सघाउने



चीनले कोभिड १९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले कोभिडका विरुद्धमा लड्नका लागि चीनले बंगलादेशलाई सहगोग गर्न तयार रहेको र आगामी दिनमा यस महामारीका विरुद्धमा लड्नका लागि अवाश्यक सहयोग गर्ने बताएका हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले शनिबार बंगलादेशका विदेशमन्त्रीसँगको फोनवार्ताका क्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् । शनिबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यी र बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमिनसँग फोनवार्ता गरेका थिए ।

त्यस वार्ताका क्रममा चिनियाँ विदेश मन्त्री यीले चीन र बंगलादेश दुई असल मित्र राष्ट्र भएकोले विगत लामो समयदेखि नै एक अर्काको सहयोगमा निरन्तरता दिइ आएको पनि बताए ।

उनले चीन बंगलादेशको स्वतन्त्रता, राष्ट्रियता, क्षेत्रीय अखण्डताकाका पक्षमा रहेको र आगामी दिनमा पनि रहने पनि सो फोनवार्ताका क्रममा दोहोर्याएका जनाइएको छ ।

विदेश मन्त्री यीले हाल विश्वमा फैलिएको कोरोना भाइरस मानवीयता विरुद्धको सत्रु नै रहेकोले विश्वका कतिपय देशलाई यस भाइरसका विरुद्धमा लड्नका लागि चीनले सहयोग गरिरहेको र बंगलादेशलाई पनि आगामी दिनमा कोभिडका विरुद्धमा लड्न सहयोग गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

  फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको अवधिमा अफगानिस्तानले १० अर्ब

भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार

  भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले भारतले इरानमा रणनीतिक बन्दरगाह परियोजनाको लाभलाई सम्प्रेषित गर्नका