११ लाख क्युबालीले लगाए आफ्नै देशमा निर्मित खोप



क्यारेबियन राष्ट्र क्युबाले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी क्युबालीलाई लगाएको छ । क्युबाका एक जना बरिष्ट अधिकारीले ११ लाख भन्दा बढी व्यक्तिले कम्तीमा एक डोज खोप लगाएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका विज्ञान तथा प्रविधि सम्बन्धी निर्देशक एलिएना मोरालेसले कोभिड–१९ विरुद्धको लडाइँमा खोप एउटा अंश भए पनि अरु धेरै काम गर्न बाँकी रहेको बताए ।

क्युबामा बिहीबार एकै दिन एक हजार २५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी हुनुका साथै छ जनाको मृत्यु भएको थियो । क्युबामा हालसम्म एक लाख २९ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र त्यसमध्ये ८४० जनाको मृत्यु भएको छ । क्युबाले हाल कोभिड–१९ विरुद्ध पाँच किसिमका खोपहरु – सोबराना १, सोबराना २, अब्दला, माम्बिसा र सोबराना प्लस– को अध्ययन गरिरहेको जनाएको छ ।

यसैबीच, क्युबामै विकास गरिएको खोप लगाएका हजारौं व्यक्तिले खोप बारेमा आफ्ना धारणा सामाजिक सञ्जालमा राख्न थालेका छन् ।

राजधानी हवाना निवासी जोइला रोड्रिगेजले खोपका कारण दैनिक संक्रमणमा कमी आउने र अस्पताल भर्ना हुने दरमा कमी आउने विश्वास व्यक्त गरेका छन् ।

क्युबा सरकारले यसै वर्षको अन्त्य सम्ममा सम्पूर्ण क्युबालीलाई खोप लगाइसक्ने योजना अघि सारेको छ । क्युबामा करिब एक करोड १० लाख जनसंख्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

  एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा

सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण