चीनमा ४३ करोड ५० लाखले लगाए कोभिडविरुद्धको खोप



चीनमा मङ्गलबारसम्ममा कोभिड–१९ विरुद्ध ४३ करोड ५० लाखभन्दा बढी खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोभिड–१९ संक्रमणका घटना देखिन थालेपछि खोप अभियानलाई थप तिब्र बनाइएको छ ।

दैनिक खोप लगाउने दर यही मे र १७ तारिखबीच झण्डै दोब्बर बनाइएको पनि आयोगले जनाएको छ । यी दिनहरुमा दैनिक एक करोड २० लाखभन्दा बढी डोज खोप लगाइएको छ । विश्वमै बढी खोप लगाउने मुलुकको रेकर्ड समेत चीनले बनाएको छ ।

संयुक्तराज्य अमेरिकामा हालसम्म बालबालिका बाहेक खोप लगाउन योग्य जनसंख्याको झण्डै ५७ प्रतिशत अर्थात् १५ करोड ८४ लाखले करिब २८ करोड डोज खोप लगाएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

विश्वभर हाल कोभिड–१९ विरुद्धको एक अर्ब ५३ करोड डोज खोप लगाइएको छ । कोरोनाभाइरस महामारीका कारण विश्वभर ३४ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने १६ करोड ४३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियामा बाढीपहिरोबाट १५ जनाको मृत्यु

  मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने

  भारत र माल्दिभ्सले  द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् ।

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या

युद्धविरामलाई लिएर हमासले ‘सोचविचार’ गर्नुपर्दैनः ब्लिङ्केन

  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’