अफगानिस्तानमा सेनासँग भएको भिडन्तमा १७ तालिबान लडाकू र दुई सैनिकको मृत्यु



अफगानिस्तानका दुई प्रान्तमा गएराति भएका आक्रमण र कारबाहीका क्रममा दुई जना अफगान सेना र अरु १७ जना तालिबान लडाकू मारिएका छन् । गएराति अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा फोर्सको शिविरमा तालिबानहरुले नै आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी अगानिस्तानको सेनाका दुई सदस्य मारिएका छन् ।

त्यस क्रममा अरु केही अफगान सैनिक घाइते पनि भएका प्रान्तका एक अधिकारीले जानकारी दिएका छन् । आक्रमणपछिको कारबाहीमा परेर तीन जना तालिबान लडाकू पनि मारिएका छन् । त्यस क्रममा राति दोहोरो भिडन्त पनि भएको थियो ।

भिडन्तमा परेर अरु केही तालिबान लडाकूहरु घाइते भएका बताइएको छ । त्यस्तै अर्काे बादखसानमा अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १४ जना तालिबान लडाकू मारिएका छन् ।

सो क्षेत्रमा अफगान सेनाले तालिबानको खोजीका लागि अभियान चलाएको बताइएको छ । त्यस क्षेत्रमा केही समययतादेखि तालिबानविरुद्ध खोजी अभियान सञ्चालन भइरहेको अफगान सेनाले जनाएको छ ।

बादखसान प्रान्तको अर्घानचोखमा भएको कारबाहीका क्रममा १४ जना तालिबान मारिएका उक्त प्रान्तका सैनिक प्रवक्ताले जानकारी दिएका छन् । त्यस कारबाहीमा परी अरु चार जना तालिबान लडाकू र दुई जना सुरक्षाकर्मी पनि घाइते भएका बताइएको छ । त्यस क्षेत्रमा आइएस अतिवादीहरुका क्रियाकलापहरुमा बृद्धि भएको समाचारका आधारमा सेनाले हवाई कारबाही गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

  चीनले  चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ ।

विस्थापितहरूको शिविरमा विस्फोट हुँदा पूर्वी कङ्गोमा नौजनाको मृत्यु

  युद्धग्रस्त पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा गोमाको बाहिरी क्षेत्रमा विस्थापितहरूको शिविरमा शुक्रबार भएको

केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई सय नाघ्यो

तान्जानियाका समुद्री तटतर्फ चक्रवात अगाडि बढेसँगै मार्चपछि केन्यामा बाढीसम्बन्धी घटनाहरूमा मर्नेहरूको सङ्ख्या दुई