विश्वमा चराचुरुङ्गीको संख्या ४३० अर्ब



विश्वमा चराचुरुङ्गीको संख्या ४३० अर्बसम्म रहेको हुनसक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ । प्रोसिडिङ्ग्स अफ नेशनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित शोधले पहिलो पटक त्यसरी चराको गणना गर्न खोजेको थियो । त्यसमा चराविद्हरूले सँगालेका विवरणहरू समेटिएको छ ।

विश्वमा सबैभन्दा धेरै सङ्ख्यामा भँगेरा रहेका र तिनको सङ्ख्या एक अर्ब ६० करोड रहेको बताइएको छ । तीन वटा अन्य प्रजातिका चराहरू – युरोपियन स्टारलिङ्स, बार्न स्वालोज र रिङ्–बिल्ड गल्स – पनि प्रत्येकको कूल सङ्ख्या एक अर्बभन्दा धेरै रहेको पाइएको छ । तर धेरै चराका प्रजाति भने दुर्लभ रहेका छन् ।

प्रत्येक दशमध्ये एक प्रजातिका चराको सङ्ख्या भने पाँच हजारभन्दा कम रहेको जनाइएको छ । संसारभरिका चराको सङ्ख्याको यो अध्ययनले संरक्षणको काममा सघाउ पुग्ने अनि तिनलाई लोप हुनबाट जोगाउने अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यू साउथ वेल्सका टोलीले बताएका छन् ।

एक अध्ययनकर्ता डा. कोरे क्यालाहनले भनिन्, ‘हामीले धेरै समय आफ्नै जातिको सङ्ख्या गन्न लगाउँछौँ। तर हामीले हाम्रो ग्रहको जैविक विविधताको पनि लेखाजोखा गर्नु जरुरी छ।’ चराको गणना कार्य निकै जटिल हुन्छ। र यसले दिने परिणाम पनि यकिनभन्दा अनुमान हुन्छ । विगतमा गरिएका अनुमानहरूमा १० देखि १३ हजार प्रजातिका चराको कूल जनसङ्ख्या २०० देखि ४०० अर्बसम्म रहेको हुनसक्ने देखिएका थिए ।

अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले यसपालि ९,७०० प्रजातिका चराहरूको सङ्ख्यालाई चराविद्हरूले गत एक दशकमा इबर्ड नामक अनलाइन डेटाबेसमा उल्लेख गरेका डेटा प्रयोग गरेर मूल्याङ्कन गरेका थिए । तिनमा घरपालुवा चरा जोडिएको छैन । डेटाको वैज्ञानिक मोडलिङ अनि विज्ञहरूले पठाएका जानकारीहरू मिलाएर अनुमान गरिएको बताइएको छ ।

धेरै चराहरू उत्तरी गोलाद्र्धमा पाइने देखिएको छः युरोप, उत्तरी एसिया, उत्तरी अफ्रिका, अरेबियन प्रायद्वीपका क्षेत्र तथा उत्तरी अमेरिकामा । भविष्यमा जैविक विविधता मापन गर्न नागरिक तहका विज्ञान डेटाले आधारभूत भूमिका खेल्ने डा क्यालाहनले बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियामा बाढीपहिरोबाट १५ जनाको मृत्यु

  मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु

भारतले मे १० सम्ममा माल्दिभ्सबाट सैनिक प्रतिस्थापन गर्ने

  भारत र माल्दिभ्सले  द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो बैठक आयोजना गरेका छन् ।

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या

युद्धविरामलाई लिएर हमासले ‘सोचविचार’ गर्नुपर्दैनः ब्लिङ्केन

  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’