हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिदिएको इजरायली प्रधानमन्त्रीको दाबी



इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले नौ दिनदेखि लगातार बमबारी गरेका कारण गाजास्थित हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिएको दाबी गरेका छन् ।

त्यहाँ युद्धविराम गर्न अन्तर्राष्ट्रिय समुदायले अनुरोध गरिरहे पनि इजरायलले कारबाही जारी राखेको छ । मङ्गलवार दक्षिण इजरायलमा प्यालेस्टिनी विद्रोहीहरूले रकेट प्रहार गर्दा दुई विदेशी कृषि श्रमिक मारिएका छन् । वेस्ट ब्याङ्कमा रमल्लाह नजिकै भएको प्रदर्शनका बेला इजरायली प्रहरीसँगको झडपमा परी कम्तीमा तीनजना प्यालेस्टिनी मारिएका छन् ।

सङ्घर्षविराम गराउन थालिएका कूटनीतिक पहलहरू सफल हुन सकेका छैनन् । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा फ्रान्सले इजिप्ट तथा जोर्डनसँग मिलेर युद्धविरामका निम्ति एउटा मस्यौदा प्रस्ताव दर्ता गराएको छ ।

मङ्गलबार गाजामा सहायता सामग्री ढुवानी गर्न दिन इजरायलले केही क्षण सिमाना खोलिदिएको थियो । तर प्यालेस्टीनी विद्रोहीको रकेट र मोर्टर आक्रमण भएपछि सिमाना फेरि बन्द गरिएको छ । प्रधानमन्त्री नेतान्याहुका अनुसार गाजाको नियन्त्रण गर्दै आएको हमास समूहले अनपेक्षित प्रहार खेपिरहेको छ ।

सबै इजरायली जनताका निम्ति शान्ति बहाल नभएसम्म कारबाही जारी रहने उनले बताए । हालसम्म गाजामा १०० महिला र बालबालिकासहित २१५ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायलका अनुसार गाजामा मारिनेमध्ये १५० जना विद्रोही हुन् । हमासले लडाकुको हताहतीको आँकडा दिँदैन ।

अधिनस्थ वेस्ट ब्याङ्क तथा पूर्वी जेरुसलेममा कैयौँ प्यालेस्टिनीले गाजामा इजरेलको बमबारीको विरोधमा आयोजित आमहडतालमा सहभागिता जनाए । इजरायली अरब समुदाय बहुल बसोबास रहेको इजरेलभित्रको हाइफाजस्ता क्षेत्रमा पनि हडताल भएको थियो । सार्वजनिक सेवा, स्कूल तथा कैयन् व्यापार–व्यवसाय बन्द रहे। कैयौँ ठाउँमा झडपहरू भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण

रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा