पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ



भारतको पश्चिम बङगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल कांग्रेसका तीन नेतासहित चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य सरकारका मन्त्री रहेको बताइएको छ । पक्राउ पर्ने हरूमा मन्त्रीहरु फिरहाद हकीम र सुब्रत मुखर्जीसहित पूर्वमन्त्री र भारतीय जनता पार्टी (भाजपा) नेता शोभन चटर्जी तथा टिएमसी विधायक मदन मन्त्री रहेका छन् ।

राज्यपाल जगदीप धनखडले सिबिआईलाई यी नेताहरुविरुद्ध मुद्दा चलाउन अनुमति दिएको बुझिएको छ । आफ्ना नेताहरुको गिरफ्तारीको सूचना पाएलगत्तै मुख्यमन्त्री ममता बेनर्जी सिबिआई कार्यालयमा पुगेको समाचारलाई भारतीय सञ्चारमाध्यमले विशेष महत्व दिएर सम्प्रेषण गरेका छन् । सत्ताधारी टिएमसीले यो गिरफ्तारीलाई गैररकानूनी भनेको छ ।

पार्टीका प्रवक्ता कुणाल घोषले बिना सूचना नेताहरुलाई गिरफ्तार गरिनु गरैकानुनी रहेको बताए । उनले यो मामिलामा आरोपित भाजपा नेता मुकुल राय र शुभेन्दु अधिकारीलाई किन गिरफ्तार नगरेको भनेर प्रश्न गरेका छन् ।

विधानसभा अध्यक्ष विमान बेनर्जीले पनि गिरफ्तारीलाई अवैध बताएका छन् । सन् २०१६ को विधानसभा चुनाव पहिले टिएमसीका मन्त्री, सांसद तथा विधायक जस्तै देखिने व्यक्तिले एक काल्पनिक कम्पनीका प्रतिनिधिसँग पैसा लिँदै गरेको स्टिङ्ग अपरेशनको भिडियो सार्वजनिक भएपछि यी नेताहरूलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण

रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा