भारतमा कोरोना संक्रमणदर घट्दै,मृत्यु हुनेको संख्या भने घटेन,दैनिक ४ हजारको मृत्यु



भारत । कोरोना भाईरसको दोस्रो लहरको संक्रमणका कारण ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि घटेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार ८ सय भन्दाबढीमा संक्रमण पुष्टि भएको छ । आइतबार ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको थियो । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । हालसम्म भारतमा २ करोड ४९ लाख ६४ हजार ९२५ जना संक्रमित भएका न्छ ।

यस्तै पछिल्ला दिनहरुमा भारतमा निको हुनेको संख्या पनि दैनिक बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ७८ हजार ५७१ जना निको भएका छन् । योसँगै भारतमा २ करोड ११ लाख ६७ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् । भारतमा ३५ लाख २२ हजार ९०५ जना सक्रिय संक्रमित रहेका छन् ।

केही दिन यता भारतमा दैनिक ४ हजार हाराहारीको मृत्यु भइरहेको छ । संक्रमितको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन ।
पछिल्लो २४ घण्टामा ४ हजार ९२ संक्रमितको मृत्यु भएसंगै मृतकको संख्या २ लाख ७४ हजार ४११ पुगेको छ ।

यसैबिच, भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा बन्दाबन्दीको कारण सङ्क्रमण नियन्त्रणका लागि सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन् । राज्य सरकारले केन्द्रको समन्वयमा लकडाउन पुनः एक हप्ताका लागि बढाएको छ । मुख्यमन्त्री केजरीवालले लकडाउन थप एक साता बढाउने निर्णय भएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा