विश्वमा १४ करोड भन्दा बढी कोरोना संक्रमणमुक्त



विश्वमा १४ करोड भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा हुने भन्दा संक्रमणमुक्त हुनेको बढेको हो ।

२४ घण्टामा ७ लाख ७८ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । यो संगै विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४ करोड ३ लाख ८७ हजार १५७ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८७.०३५ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ९० हजार ६६४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १६ करोड २५ लाख २५ हजार ५८८ पुगेको छ । संत्रलमितमध्ये १ करोड ८७ लाख ६७ हजार भन्दाबढी सक्रिय संक्रिमतको संख्या रहेको छ । जसमध्ये १ लाख ३ हजार ६ सय बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ लाख ७१ हजार बढी पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ५ सय बढीको मृत्यु भएको छ कोरोनाका कारण विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ९९ हजार ३१४ जनाको मृत्यु भएको छ भने ३ करोड ३६ लाख ६४ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या २ करोड ४३ लाख ७२ हजार २४३ पुगेको छ भने २ लाख ६६ हजार २२९ जनाको मृत्यु भएको छ ।। हालसम्म २ करोड ४ लाख २६ हजार ३२३ जना संक्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका