चीनद्वारा उत्तर कोरियालाई पाँच सय ८७ टन प्रशोधित इन्धन सहयोग



चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ । उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार मार्च महिनामा चीनले चार हजार ८९३ ब्यारेल तेल उपलब्ध गराएको छ ।

गत वर्ष सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन प्रकाशन गरेयता चीनले उत्तर कोरियालाई मासिक इन्धन निकासीका बारेमा जानकारी गराएको छैन । उत्तर कोरियातर्फ मार्चमा चीनले निकासी गरेको इन्धन वर्षको एक प्रतिशत मात्र हो ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सन् २०१७ को प्रस्तावमा उत्तर कोरियाले वार्षिक पाँच लाख ब्यारेल अर्थात् ६० देखि ६५ हजार टन प्रशोधित इन्धन आयात गर्न पाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

  एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा

सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण