इजरायली तथा प्यालेस्टिनीबीचको लडाईं अन्त्यका लागि समय लाग्छः नेतन्याहू



गाजाका हमास नेतृत्वसँगको लडाई अन्त्यका लागि ‘समय लाग्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन् । उनले भने, “गाजामा हमासको बिरूद्ध इजरायलको हवाई हमला तत्काल अन्त्य गर्न सम्भव छैन । यसले समय लिनेछ तर दुवै रक्षात्मक आक्रमणलाई जारी राखेको अवस्थामा इजरायलमा शान्ति पुनः स्थापना गर्ने क्रममा हामी छिट्टै हाम्रो लक्ष्य प्राप्त गर्नेछौं ।”

उनले इजरायल डिफेन्स फोर्ससँग छलफल गरेपछि पत्रकारहरूलाई भने, “स्थलगत कारबाहीको तयारीको विभिन्न चरणमा गाजा पट्टी र इजरायलको बिचमा छुट्टिएको सीमानाको विभिन्न स्थानमा युद्धक सेना अघि बढेको छ। सेनाले ती तयारीहरूको निरीक्षण गर्दैछ र निर्देशन दिइरहेको छ ।”

विगत चार दिनदेखि भएका आक्रमणमा बिहीबारसम्ममा १३ बालबालिकासहित ८३ प्यालेष्टिनी र सात इजरायलीको मृत्यु भएको छ भने तीन हजार बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ ।

इजरायली सेनाले भवनमा रहेका मानिसहरूलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरेको थियो । प्यालेिष्टनी लडाकू समूह हमास र इजरायली सेनाबीच हिंसात्मक झडपमा परेर ३ हजारभन्दा धेरै घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो । यसैबीच अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण

रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि

जापान र अमेरिकाद्वारा हाइपरसोनिक क्षेप्यास्त्र इन्टरसेप्टर विकास गर्ने सम्झौतामा हस्ताक्षर

  जापान र अमेरिका बुधबार दुई मुलुकले हस्ताक्षर गरेको सम्झौताअन्तर्गत सन् २०३० सम्ममा