साउदी अरबमा चिनियाँ खोप लगाएका व्यक्ति अनिवार्य क्वारेन्टिन बस्नुपर्ने



साउदी अरबको नयाँ प्रावधान अनुसार साउदी अरबमा प्रवेश गर्दा उसले तोकेको खोप नलगाएको व्यक्तिले १५ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएको छ ।

यो प्रावधानले चीनको खोप लगाएका पाकिस्तानलगायतका एशियाली नागरिकलाई साउदी अरब पुग्दा अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । साउदी अरबले आफ्नो मुलुकमा प्रवेश गर्नका लागि खोप लगाएको हुनुपर्ने र यदि खोप नलगाएको वा साउदी अरबले तोकेको कम्पनीको खोप नलगाएका मुलुकबाट साउदी अरब जाँदा अनिवार्य क्वारेन्टिन बस्नुपर्ने प्रावधानले पाकिस्तानी यात्रुलाई साउदी अरब प्रवेशमा असहज हुने भएको छ ।

फाइजर, अक्सफोर्ड, मोडेर्ना र जोनसन एण्ड जोन्सनको कोरोनाभाइरस खोपहरू प्रयोग गर्नका लागि राज्यले अनुमति दिएको छ भने अन्य खोपलाई मान्यता नदिने निर्णय यहाँको सरकारले गरेको हो ।

पाकिस्तानी पत्रिका ‘द न्युज इन्टरनेसनल’ ले जनाएको छ, “बिहीबार साउदी अरबले सिफारिश खोपहरूको एक सूची जारी गरेको छ जसमा चीनमा निर्मित खोप समावेश छैन । यसको अर्थ चीनमा निर्मित खोप लगाए पनि यो सिफारिस गरिएको खोप नभएकोले पाकिस्तानी यात्रुहरूले साउदी अरबमा अनिवार्य १५ क्वोरन्टिन अवधि बस्नुपर्ने छ ।”

क्वारेन्टिन बस्दाको खर्च यात्रुले आफैं भुक्तान गर्नुपर्ने पनि साउदी अरबले राखेको नयाँ प्राबधानमा उल्लेख छ । धेरै जसो पाकिस्तानीहरूलाई चीनमा निर्मित कोरोनाभाइरस खोप लगाइएको छ ।

अन्य खोपलाई अनुमति नदिएपछि चिनियाँ खोप लगाएका पाकिस्तानीलाई यात्राका लागि असहज बनेको छ । यो पाकिस्तानबाहेकका मुलुकका लागि पनि लागु हुनेछ र प्रस्तावित सर्तहरू मे २० देखि नै लागू गरिनेछ ।

पाकिस्तानले फेब्रुअरी २ मा चिनियाँ सिनोफार्म कम्पनीको खोप पहिलोपटक ल्याएपछि खोप अभियान सुरु गरेको थियो । सिनोफार्मको खोप ७९ प्रतिशत प्रभाबकारी रहेको अनुसनधानहरूले देखाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

  एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा

सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण

रुसी राष्ट्रपति पुटिन बेइजिङमा

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उनका चिनियाँ समकक्षी सी जिनपिङसँगको भेटवार्ताका लागि