भारतमा गङ्गा नदी किनारमा दर्जनौँ शव फेला



उत्तर भारतमा गङ्गा नदीको किनारमा कम्तीमा ४० वटा शव फेला परेका अधिकारीहरूले बताएका छन् । कसरी ती शव नदी किनारमा पुगे भन्ने विवरण स्पष्ट भएको छैन, तर स्थानीय सञ्चारमाध्यमहरूले ती कोभिड बिरामीहरूको हुनसक्ने जनाएका छन् ।

भारतको उत्तर प्रदेश तथा बिहार राज्यको सिमानामा नदी किनारमा ती शव फेला परेका बीबीसीले जनाएको छ । कतिपय सञ्चारमाध्यमले एक सय वटा शव फेला परेका र तिनको अवस्था हेर्दा कैयौँ दिनदेखि ती नदीमा बगेको हुनसक्ने जनाएका छन् ।

स्थानीय अधिकारी अशोक कुमारले स्थानीय बासिन्दाहरूसँग सोधपुछ गरेपछि बीबीसीलाई ती शव उत्तर प्रदेशबाट बगेर आएको हुनसक्ने बताए । तिनलाई अब गाड्ने वा जलाउने उनले बताए ।

अधिकारीहरूका अनुसार ती शव फुलेका छन् अनि केही जलेका पनि छन् । गङ्गा नदीको किनारमा शव जलाउने परम्पराअन्तर्गत ती त्यहाँ पुगेको हुनसक्ने एनडीटिभीले उल्लेख गरेको छ ।

भारतमा कोभिड–१९ का कारण दुई लाख ४२ हजारभन्दा धेरै मानिसको ज्यान गएको आधिकारिक विवरण छन् । तर विज्ञहरू मृतकहरूको वास्तविक सङ्ख्या निकै धेरै हुनसक्ने ठान्छन् । कोरोनाभाइरस महामारीको दोस्रो लहरले भारतलाई नराम्ररी प्रभावित गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत