अमेरिकामा कोरोना संक्रमण घट्दो क्रममा



अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४१ हजारभन्दा बढी रहेको छ । उक्त समयमा कोभिड–१९ सङ्क्रमित ६६७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्यामा पछिल्लो दुई हप्तामा अत्यधिक कमी आएको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार बिगत दुई हप्तामा सङ्क्रमित सङ्ख्या ३० प्रतिशतको हाराहारीमा कम भएको देखिएको छ ।

अमेरिकामा सोमबारसम्म कूल पाँच लाख ९५ हजार ३०२ सय कोभिड सङ्क्रमितको मृत्यु भएको छ । यो दुई हप्तामा मृत्यु सङ्ख्यामा छ प्रतिशतले कमी आएको बताइएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा विगत २४ घण्टामा ३९ हजार ७२ व्यक्ति अस्पतालमा कोरोना उपचारको लागि भर्ना भएका भएपनि अघिल्लो हप्ताभन्दा अस्पताल पुग्ने विरामीको सङ्ख्या अत्यधिक कम रहेको उल्लेख गरिएको छ ।

आइतबारसम्म कोरोनाबाट संक्रमित हुने अमेरिकीको सङ्ख्या तीन करोड २७ लाख ७९ हजारभन्दा बढी रहेको छ । यहाँ कोभिड–१९ विरूद्धको दुबै खोप लगाउनेको सङ्ख्या ३४ प्रतिसत पुगेको छ भने एक मात्रा मात्र खोप मात्र लगाउनेको संख्या ४६ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’