कोलोराडो गोलीकाण्डमा सात जनाको मृत्यु



संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृत्यु भएको छ । कोलोराडो स्पिङ्सको पूर्व तर्फ मध्यराति एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीको भनाई छ । आफ्नी प्रेमिका सहित पार्टीमा सहभागी भएका गोली चलाउने शंकास्पद व्यक्तिले साथीहरु, परिवार र बालबालिका समेतमाथि गोली चलाएका थिए ।

घटनास्थलमा प्रहरी पुग्दा सात जना वयस्क व्यक्तिको मृत्यु भइसकेको र एक व्यक्ति गम्भीर चोटग्रस्त अवस्थामा भेटिएका थिए, र उनको पनि अस्पतालमा ज्यान गएको थियो । कोलोराडो राज्यकै बोल्डरको सुपरमार्केटमा गत मार्च २२ मा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा १० जनाको मृत्यु भएको थियो ।

कोलोराडो राज्यको डेन्भरपछि दोस्रो ठूलो शहर कोलोराडो स्प्रिङ्समा करिब चार लाख ६५ हजार नागरिकको बसोबास छ । यसैबीच, मेरिल्यान्डमा पनि एभर्टन ब्राउन नामका व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा चार जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक