भूमध्य सागर पार गरेर १२ सय आप्रवासी इटाली पुगे



भूमध्य सागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासीहरु इटालीको सानो द्वीप लाम्पेडुसा आइपुगेका छन् । १२ घण्टाको अन्तरालमा धेरैवटा निकै कमजोर, खचाखच मानिसले भरिएका माछा मार्ने डुङ्गाको सहारामा उनीहरु इटाली आइपुगेको अधिकारीहरुले बताएका छन् ।

लाम्पेडुसाका मेयरले मानव तस्करले आजभोलिको शान्त र न्यानो भूमध्य सागरको फाइदा उठाउँदै ठूलो संख्यामा आप्रवासी इटाली पठाएको बताएका छन् ।

लाम्पेडुसाका मेयर साल्भाटोर मार्टेल्लोले आप्रवासीको पहिलो टोली बिहान ५ बजे इटाली आइपुगेको जानकारी दिए । यस वर्ष इटालीको तटीय शहरमा एकै दिन यतिठूलो संख्यामा आप्रवासी आइपुगेको यो पहिलो घटना हो ।

मेयर मार्टेल्लोले प्रधानमन्त्री मारियो ड्रागीसमक्ष कोभिड–१९ महामारीका कारण इटालीको अर्थतन्त्रमा परेको असर र सामाजिक पुनर्जीवनलाई मात्र बढी ध्यान केन्द्रित नगरी आप्रवासनलाई पनि प्राथमिकतामा राख्न अपील गरेका छन् ।

अपराह्नसम्ममा आप्रवासीले खचाखच भरिएका कम्तीमा नौ वटा डुङ्गा लाम्पेडुसामा आइपुगेका थिए । यहाँ आप्रवासीको दर्ता र शरणका लागि अनुरोध गर्ने व्यवस्था छ ।

इटालीका संचार माध्यमहरुले भूमध्य सागरमा केही माइलभित्र देखा परेका यी डुङ्गालाई इटालीका तट रक्षकहरुले लाम्पेडुसा द्वीपतर्फ ल्याएका थिए । लाम्पेडुसा खासगरी पर्यटन र माछा मार्न प्रख्यात टापु हो । यो ठाउँ इटालीको मुख्य भूभाग भन्दा निकै टाढा, तर उत्तरी अफ्रिकासँग बढी नजिक छ ।

सिसिलीस्थित एक अखबार इल जियोरनाल डी सिसिलियाले आप्रवासीहरु काठ वा धातुले बनेको डुङ्गामा चढेर आएको लेखेको छ । यीमध्ये अधिकांश आप्रवासीहरु बंगलादेश र ट्युनिसियाबाट आएको बताइएको छ । अधिकांश आप्रवासी पुरुषहरु रहे पनि केही महिला र बालबालिका पनि छन् । शरणार्थीहरुले इटाली हुँदै युरोपका अन्य देशमा शरण लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम