बम हमलामा माल्दिभ्सका पूर्वराष्ट्रपति नाशिद घाइते



माल्दिभ्सका भूतपूर्व राष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको एउटा सन्दिग्ध बम हमलामा घाइते भएका छन्। उनी माल्दिभ्सको संसद्का बहालवाला सभामुख पनि हुन् । सत्ताधारी माल्दिभियन डेमोक्रेटिक पार्टीका समर्थकहरूले बताएअनुसार उनी आफ्नो घरबाहिर रहेको कारमा सवार हुन लाग्दा बिहीबार उक्त विस्फोट भएको थियो ।

माल्दिभ्सको प्रहरीले हम्मद नाशिदलाई विस्फोटनमा चोट लागेको छ र उनको हाल उपचार भइरहेको जनाएको छ । प्रारम्भिक विवरणहरूका अनुसार उनको घरबाहिर पार्क गरेर राखिएको मोटरसाइकलमा विस्फोटक पदार्थहरू बाँधेर राखिएको र त्यसलाई विस्फोट गराइएको हुनसक्छ । उनको उपचार भइरहेको अस्पतालले मोहम्मद नाशिदलाई धेरै ठाउँमा चोट लागेको जनाएको छ ।

तर उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएको छ । उनका समर्थकहरू अस्पतालबाहिर भेला भएका छन्। त्यहाँको अवस्था तनावपूर्ण रहेको र स्थितिलाई हेरेर दङ्गा प्रहरी परिचालन गरिएको बताइएको छ । माल्दिभ्सका हालका राष्ट्रपति इबु सोलिहले एउटा ट्विटर सन्देश लेख्दै प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन थालेको जानकारी दिएका छन् ।

नाशिद माल्दिभ्समा प्रजातान्त्रिक रूपमा निर्वाचित प्रथम राष्ट्रपति हुन् । सन् २००८ मा भएको बहुदलिय निर्वाचनमा विजयी भएर उनी राष्ट्रपति बनेका थिए। तर त्यसको चार वर्षपछि एउटा सैनिक विद्रोहबाट उनलाई सत्ताच्यूत गरिएको थियो । ५३ वर्षका नाशिदको पद माल्दिभ्सको दोस्रो ठूलो शक्तिशाली पद हो ।

माल्दिभ्स सुन्नी मुस्लिमहरूको बाहुल्यता भएको देश हो र झण्डै १ हजार १९२ वटा टापुको समूह रहेको उक्त देश भारतीय उपमहाद्वीपको दक्षिण–पश्चिममा अवस्थित छ । माल्दिभ्स त्यहाँको समुद्री तट र विलासी रिजोर्टहरूका लागि एक पर्यटकीय गन्तव्यका रूपमा प्रसिद्ध छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका