म्यानमारमा हतियार प्रतिबन्ध लगाउन एमनेष्टीको माग,मानवअधिकारको चरम दुरुपयोग गरेको ठहर



इमनेस्टी इन्टरनेशनललगायत विभिन्न २० सय भन्दै बढी गैरसरकारी संस्थाहरुले म्यानमार हतियारको प्रतिबन्ध लगाउन माग गरेका छन् ।

गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकार हटाएर सत्ता लिएसँगै भएका विरोध प्रदर्शनहरुमा अत्यधिकरुपमा हतियारको प्रयोग भएको भन्दै विभिन्न गैरसरकारी संस्थाहरुले म्यानमारमा विश्वव्यापीरुपमा हतियारमाथि प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

एमनेस्टीका लागि राष्ट्रसंघीय अधिवक्ता लरेन्स मोसले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले म्यानमारको सेनाको हतियारको प्रयोगलाई अन्त्य गर्नका लागि विश्वव्यापी रुपमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।

उहाँले अन्तर्राष्ट्रिय समूदायले म्यानमारप्रति देखाएको चासो र चिन्ताप्रति बेवास्ता गरेकाले हतियार प्रतिबन्ध गर्नुको विकल्प नभएको बताएको अलजजिराले जनाएको छ ।

म्यानमारमा सेनाको हतियारमाथि विश्वव्यारी प्रतिबन्ध लगाएर सेनाको बढ्दो हिंसा नियन्त्रणको प्रयास गर्न ढिलो भइसकेको एमनेस्टीको ठहर छ ।

गत फेब्रुअरीयता सेनाको कदमविरुद्ध दिनहुँ भएका विरोध प्रदर्शनमा सेनाले अत्यधिक बल प्रयोग गरेर मानवअधिकारको चरम दुरुपयोग गरेको पनि एमनेस्टीको ठहर छ ।स्थानीय मानवअधिकारवादी संस्थाहरुका अनुसार सेनाले आफूविद्धको प्रदर्शन रोक्न घातक हतियारको प्रयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ