भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा एकैदिन ३७ सय ८६ संक्रमितको मृत्यु भएको छ । भारतमा मृतक संख्या पनि पछिल्ला केही सातायता दिनदिनै बढ्द क्रममा रहेको छ । हालसम्म भारतमा मृतक संख्या २ लाख २६ हजार १६९ पुगेको छ ।
यस्तै, दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि भारतमा पहिलो पटक गत शनिबार कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । त्यसयता दैनिक संक्रमित संख्या केही घटेको छ ।
भारतमा कुल संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २४३ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ६९ लाख ३८ हजार ४०० सय जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६६५ रहेको छ ।
भारतमा कोभिड सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ तर सरकारले सङ्क्रमितको सङ्ख्या घटिरहेको जनाएको छ। यसैबीच अक्सिजन अभावको अवस्थामा सुधार हुने कुनै सङ्केत देखिएको छैन र राजधानी दिल्लीलगायतका थुप्रै सहरमा उपचारका लागि मानिसहरू सङ्घर्ष गरिरहेका छन्।

प्रतिक्रिया