तीनमहिनापछि पोर्चुगलमा शून्य मृत्यु



पोर्चुगलमा महामारी सुरु भएयता दोस्रोपटक कोभिडबाट एकदिनमा शून्य मृत्यु भएको आँकडा सोमबार सार्वजनिक गरिएको छ । जनवरी महिनाको अन्त्यतिर पोर्चुगलमा विश्वकै सबभन्दा उच्च दरको सङ्क्रमण तथा मृत्यु रेकर्ड गरिएका थिए ।

तर लामो लकडाउनका कारण त्यहाँ सङ्क्रमण दर उच्चस्तरमा पुगेको बेलाभन्दा अहिले असी भागको एक भागमा झरेको छ । जुन अहिले युरोपेली युनियनकै सबभन्दा कम हो । त्यहाँ लकडाउन विस्तारै खुकुलो पारिँदैछ ।

योभन्दा अगाडि अगस्ट महिनामा पनि त्यहाँ दिनभरिमा कोभिडका कारण शून्य मृत्यु रेकर्ड गरिएको थियो । पोर्चुगलमा हालसम्म कोभिडका कारण १६ हजार ९६५ जनाको ज्यान गइसकेको छ ।

त्यहाँ ८ लाख ३४ हजार कूल सङ्क्रमण रेकर्ड गरिएका छन् । जनवरीमा सङ्क्रमण उच्चविन्दुमा पुग्दा त्यहाँ कोभिडका बिरामी बोकेका एम्बुलेन्सहरू अस्पताल सामुन्ने लाइन लागेका देखिन्थे ।

सोही महिना लागु गरिएको लकडाउन विस्तारै खुकुलो पारिँदैछ । विद्यार्थीहरू स्कूल फर्कन थालेका छन् भने सङ्ग्रहालय, केश काट्ने सैलुन अनि रेस्टुराँ एवं क्याफेहरू पुनः खुल्दैछन । स्वास्थ्य अधिकारीहरूका अनुसार अहिले उक्त देश जोखिमस्तरको हरित क्षेत्र अर्थात् निकै कम जोखिममा रहेको छ । सङ्क्रमण एक प्रतिशतभन्दा कममा झरेको छ ।

अहिले त्यहाँ देखापरेका नयाँ सङ्क्रमण दर जनसङ्ख्याको अनुपातमा युरोपेली युनियनभरिमै सबभन्दा कम छ । पोर्चुगलमा बाँकी ईयूमा जस्तै खोप अभियानमा ढिलाइ भएको थियो।

तर अधिकारीहरू भन्छन् अहिले ८० वर्षभन्दा माथि उमेर समूहका अधिकांश मानिसले खोप लगाइसकेका छन् । सोमबार एक वरिष्ठ स्वास्थ्य अधिकारीले पोर्चुगलले गर्मीयामको अन्त्यतिर नभइ सुरुमै हर्ड इम्युनिटी हासिल गर्नसक्ने बताए । खोप लगाएर वा धेरै जनसङ्ख्यामा सङ्क्रमण भएमा सामुदायिक प्रतिरोध हर्ड इम्युनिटी हासिल हुनसक्ने ठानिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि

नैरोबीको उत्तरमा रहेको एउटा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

  थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा