अमेरिकामा जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हट्यो



रगत जम्ने खतरा देखिएको विवरणहरूपछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त खोप प्रयोगमा रोक लगाइएको थियो । अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उक्त खोपमाथिको ११ दिनदेखिको प्रतिबन्ध हटाएको हो ।

जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएपछि गत अप्रिल १४ देखि खोप प्रयोगलाई स्थगित गरिएको थियो । समस्या देखिएका सबै ५० वर्ष मुनिका महिला रहेका र उनीहरुमध्ये तीनजनाको मृत्यु भएको थियो ।

युरोपियन औषधि नियामक निकायले पनि यही हप्ता जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाएको थियो । अमेरिकामा प्रतिबन्ध फुकुवासँगै नेदरल्याण्ड्समा रहेको कम्पनीको फ्याक्ट्रीबाट कम्तिमा एक करोड खोपको मात्रा तत्कालै अमेरिका पठाइने पनि जोन्सन एण्ड जोन्सन कम्पनीले जनाएको छ ।

अमेरिकामा जोन्सनको खोपको प्रयोगबाट हुने हानी अत्यधिक कम भएको र यसबाट लाभ लिनेको सङ्ख्या धेरै भएकोले खोप रोक्न नहुने निश्कर्ष निकालिएको अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उत्तर कोरियालीहरू युक्रेनमा लडिरहेको ‘झुटो’ आरोपलाई क्रेमलिनद्वारा अस्वीकार

मस्को । उत्तर कोरियाली सैनिकहरू सम्भवतः युक्रेनमा रुसी सेनाको साथमा लडिरहेको भन्ने सोलको

म्यान्मामा प्रख्यात विद्यार्थी नेता पक्राउ

  बैंकक । म्यान्माको सुरक्षा बलले व्यापारिक केन्द्र याङ्गुनमा रातको समयमा छापा मारी

२४ मुलुकका नेता र संयुक्त राष्ट्रसङ्घका महासचिव ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने

मस्को । क्रेमलिनका एक शीर्ष सहयोगीले रुसको कजान सहरमा यस महिना हुने ब्रिक्स शिखर

साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङलाई

बीबीसी । यसवर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी हान काङले प्राप्त गर्ने भएकी