भारतले रूसमा बनेको स्पुतनिक–५ खोपलाई अनुमति दिने



भारतले रूसमा बनेको कोरोना भाइरस विरूद्धको खोप स्पुतनिक–५ लाई अनुमति दिने तयारी गरेको छ । उक्त खोपलाई भारतमा प्रयोगको अनुमति दिन भारतको नियामक निकायले सरकारलाई सिफारिस गरेको छ ।

भारतले यसअघि अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाको सहयोगमा उत्पादित कोभिशिल्ड र भारतमै बनेको कोभ्याक्सीन नामका दुई भ्याक्सिन प्रयोग गरिरहेको छ । रुसको सरकारी निकायले बनाएको स्पुतनिक–५ भ्याक्सिन पनि दुई डोज लगाउनुपर्छ । रूसी अधिकारीहरूले भ्याक्सिनको प्रभावकारिता ९१ प्रतिशत रहेको र ५९ देशमा प्रयोग अनुमति पाइसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा कोरोना संक्रमण घट्दो क्रममा

अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४१ हजारभन्दा बढी

भारतमा कोरोना संक्रमणदर घट्दै

कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस

कोलोराडो गोलीकाण्डमा सात जनाको मृत्यु

संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको

भूमध्य सागर पार गरेर १२ सय आप्रवासी इटाली पुगे

भूमध्य सागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासीहरु इटालीको सानो