चीनले दियो कोभिडविरुद्धको चौथो खोपलाई अनुमति



चीनमा कोरोनाभाइरसविरुद्धको चौथो खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । चीनको रोग नियन्त्रण केन्द्रले यो खोप आपत्कालीन अवस्थामा प्रयोगका लागि मात्रै अनुमति दिइएको स्पष्ट पारेको छ ।

केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले यो खोपलाई अन्तिम रूप दिएको हो । त्यसलाई अन्य नियामक निकायहरूले गत हप्ता आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए ।

आमनागरिकले प्रयोग गर्न सक्ने गरी अहिलेसम्म चीनमा विकास गरिएका चार खोप तीन संस्थाले विकास गरेका हुन् । त्यस कार्यमा अन्हुइ झिफेइ लङ्कम, बायो फर्मास्युटिकल कर्पोरेसन लिमिटेड र चिनियाँ विज्ञान प्रतिष्ठान संलग्न रहेको अधिकारीहरूले जनाएका छन् ।

खोपको पहिलो र दोस्रो चरणको परीक्षण गत वर्षको अक्टोबरमा उज्ज्वेकिस्तान, पाकिस्तान र इन्डोनेसियामा गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

यो खोप उज्ज्वेकिस्तानमा भने गत मार्च १ देखि नै प्रयोगका लागि अनुमति दिइएको छ । खोपका बारेमा पर्याप्त विवरण भने सार्वजनिक गरिएको छैन । कम्पनीका प्रवक्ताले नियामक निकायहरूलाई भने आवश्यक विवरणहरू उपलब्ध गराइएको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनमत सङ्ग्रह गराउन फ्रान्सका अतिदक्षिणपन्थी नेता ले पेनको म्याक्रोनसँग आग्रह

  फ्रान्सका अति दक्षिणपन्थी नेता मरिन ले पेनले आइतबार राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग अध्यागमनजस्ता

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन बेलायत जाने

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जाने

ग्रीसद्वारा आर्थिक सङ्कटको व्यवस्थापनका लागि नयाँ योजना सार्वजनिक

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले नागरिकको क्रयशक्ति बढाउन र देशको आवास सङ्कटसँग जुध्न नयाँ

भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु

दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा