अमेरिकालाई ‘दुर्गन्ध नफैलाउन’ उत्तर कोरियाका नेताकी बहिनीको चेतावनी



उत्तर कोरियाली नेता किम जङ–उनकी बहिनीले अमेरिकालाई ’दुर्गन्ध ननिकाल्न’ चेतावनी दिएकी छन् । किम यो–जङले अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा यस्तो बताएकी हुन् ।

सरकारी सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै उनले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गरिन् । अमेरिकी सरकारले उत्तर कोरियासँग कूटनीतिक सम्पर्कका लागि हप्तौँदेखि प्रयास गरे पनि त्यो सफल नभएको बताएको छ ।

उत्तर कोरियाले अहिलेसम्म बाइडनको कार्यकाल सुरु भएको विषयमा बोलेको छैन । ‘समुद्र पारिबाट हाम्रो जमिनमा बारुदको गन्ध फैलाउन सङ्घर्ष गरिरहेको अमेरिकाको नयाँ प्रशासनलाई एउटा सुझावः आउने चार वर्ष शान्तिपूर्वक जिउने इच्छा छ भने पहिलो चरणमै दुर्गन्ध फैलाउने कामबाट परै रहनु ठिक,’ उनलाई उद्धृत गर्दै रोडोङ सिन्मून पत्रिकाले लेखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भियतनाममा यागी चक्रवातको प्रभाव घट्यो

म्यान्मा । यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने

चीनमा अवकाशको उमेर बढाइने

बेइजिङ । चीनले बिस्तारै सेवानिवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले

एडीबीले पाकिस्तानलाई ३२ करोड अमेरिकी डलर ऋण दिने

मनिला । एसियाली विकास बैङ्क (एडिबी) ले पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको ग्रामीण क्षेत्रमा

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतद्वारा जमानत दिने आदेश

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको छ । अदालतले