राजपरिवारमा रङ्गभेद नभएको राजकुमार विलियमको जिकिर



ब्रिटिश राजकुमार विलियमले राजपरिवार रङ्गभेदी परिवार नभएको बताएका छन् । भाइ राजकुमार ह्यारी र भाइबुहारी मेगन मार्कलको अन्तर्वार्तापछि ड्यूक अफ क्रेम्ब्रिजले पहिलो प्रतिक्रिया दिने क्रममा आफूले भाइसँग कुरा नगरेको तर गर्ने बताए ।

ह्यारी र मेगनले छोराको जन्म हुनुअघि उसको राजदरबारमा छालाको रङ्गको चर्चा भएको बताएका थिए । राजदरबारले यो विषय गम्भीर रहेको तर त्यसलाई दरबारमै सुल्झाइने बताएको थियो ।

लन्डनको एक विद्यालयको भ्रमणका क्रममा विलियमलाई एक पत्रकारले के राजपरिवार रङ्गभेदी परिवार हो भनी सोधेका थिए । त्यसको जबाफमा उनले भनेः ‘हामी रङ्गभेदी परिवार होइनौँ।’ भाइसँग अन्तर्वार्तापछि कुरा भएको छ भनी सोधिएको प्रश्नको जबाफमा उनले भनेः ‘छैन। मैले अहिलेसम्म उनीसँग कुरा गरेको छैन तर म गर्नेछु।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनमत सङ्ग्रह गराउन फ्रान्सका अतिदक्षिणपन्थी नेता ले पेनको म्याक्रोनसँग आग्रह

  फ्रान्सका अति दक्षिणपन्थी नेता मरिन ले पेनले आइतबार राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग अध्यागमनजस्ता

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन बेलायत जाने

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जाने

ग्रीसद्वारा आर्थिक सङ्कटको व्यवस्थापनका लागि नयाँ योजना सार्वजनिक

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले नागरिकको क्रयशक्ति बढाउन र देशको आवास सङ्कटसँग जुध्न नयाँ

भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु

दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा