मङ्गल ग्रहमा लेजरको आवाज सुन्न सकिने
अब हामी पृथ्वीभन्दा अन्य ग्रहमा लेजर किरणको आवाज सुन्न पाउने भएका छौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पर्सिभिअरन्सले मङ्गल ग्रहमा पहिलोपटक आफ्नो सुपरक्याम उपकरण प्रयोग गरेको छ । लेजर किरण निकाल्ने सो उपकरणले टाढा रहेको चट्टान पनि चिन्न सक्छ।
पर्सिभिअरन्समा माइक्रोफोन पनि राखिएकोले लेजर किरणले काम गर्दा आउने आवाज सुन्न सकिन्छ । तर यो माइक्रोफोन रमाइलोका लागि राखिएको भने होइन । आवाज सुनेर वैज्ञानिकहरू चट्टानको कडापन पत्ता लगाउन सक्छन् । पर्सिभिअरन्स मङ्गल ग्रहमा फेब्रुअरी १८ मा अवतरण गरेको थियो।