अक्सफर्ड खोपका कारण ‘रगत जमेको’ कुनै प्रमाण फेला नपरेको कम्पनीको दाबी



युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफर्ड–आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभएको जनाएको छ । त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसले जनाएको छ ।

डेनमार्क तथा नर्वे लगायत कतिपय देशहरूले सो खोपको प्रयोग स्थगित गरेपछि सो निकायले स्पष्टीकरण दिएको हो । ती देशमा थोरै सङ्ख्यामा मानिसहरूलाई खोप लिएपछि रगत जमेको विवरण आएपछि खोप वितरण स्थगित गरिएको थियो । साथै सो खोप लिएपछि इटलीमा एकजना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर ज्यान गएको विवरण पनि आएको थियो ।

‘खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै सङ्केत प्राप्त भएको छैन। खोपको साइड इफेक्टमा यी सूचीकृत छैनन्,’ युरोपेली मेडिसिन्स एजेन्सी (इएमए)ले जनाएको छ । उसका अनुसार पचास लाख युरोपेलीहरूलाई खोप दिँदा करिब ३० वटा यस्ता मामिला देखा परेका छन् । आस्ट्राजेनेका कम्पनीले उसको खोपको सुरक्षाबारे क्लिनिकल परीक्षणका बेला सघन अध्ययन भएको प्रतिक्रिया दिएको छ ।

नियामक निकायहरूले कुनै पनि नयाँ औषधिलाई अनुमति दिँदा प्रभावकारीता तथा सुरक्षाबारे कडा जाँचबुझ गर्ने कम्पनीका एक प्रवक्ताले बताए । वेलायतमा नियामक निकाय एमएचआरएले खोपले समस्या गराएका प्रमाण नभेटिएको जनाएको छ। उसले मानिसहरूलाई पालो आएपछि खोप लिन आह्वान गरेको छ।

“रगत जम्ने समस्या प्राकृतिक रूपमै भएको हुनसक्छ र यस्तो समस्या नौलो पनि होइन। यूकेमा १ करोड १० लाख मात्राको अक्सफर्ड–आस्ट्राजेनेका खोप दिलाइसकिएको छ,“ एमएचआरएका फिल ब्रायनले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनमत सङ्ग्रह गराउन फ्रान्सका अतिदक्षिणपन्थी नेता ले पेनको म्याक्रोनसँग आग्रह

  फ्रान्सका अति दक्षिणपन्थी नेता मरिन ले पेनले आइतबार राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग अध्यागमनजस्ता

युक्रेन र मध्यपूर्वबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री ब्लिन्केन बेलायत जाने

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन मध्यपूर्व र युक्रेनबारे छलफल गर्न अर्को साता लण्डन जाने

ग्रीसद्वारा आर्थिक सङ्कटको व्यवस्थापनका लागि नयाँ योजना सार्वजनिक

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले नागरिकको क्रयशक्ति बढाउन र देशको आवास सङ्कटसँग जुध्न नयाँ

भियतनाममा आँधीका कारण नौ जनाको मृत्यु

दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा