विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख नाघ्यो



विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार पाँच सय भन्दाबढीको मृत्यु भएको छ । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरबाट सुरु भएको कोरोना संक्रमणबाट हालसम्म २६ लाख ५ हजार ९४ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वमा ११ करोड ७४ लाख ३७ हजार ९ सय २८ जना संक्रमित भएका छन् भने ९ करोड २९ लाख ४६ हजार ५ सय ७१ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये २ करोड १८ लाख ८६ हजार २६३ जना सक्रिय संक्रिमत रहेका छन् भने ८९ हजार ४९२ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ३७ हजार ८३८ जनाको मृत्यु भएको छ भने २ करोड ९६ लाख ९६ हजार भन्दा बढी संक्रमित भएका छन् ।अमेरिकामा धेरै समय पछि एक हजारभन्दा कमको मृत्यु भएको छ । अमेरिकामा पछिल्लो २४ घन्टामा सात सय ५ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड १२ लाख २९ हजार नाघेको छ भने १ लाख ५७ हजार ८९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ भने ९९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका