उत्तरी अफगानिस्तानमा तालिबान लडाकूको आक्रमणमा परी आठ प्रहरीको मृत्यु



उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान लडाकूको मृत्यु भएको छ । प्रान्तीय प्रहरीका अदिल शाह अदिलले हातहतियारबाट सुसज्जित तालिबान लडाकूहरुले सुरक्षा जाँच चौकीमा बन्दुक र क्षेप्यास्त्र सहित आक्रमण गरेपछि भिडन्त भएको जानकारी दिउ ।

भिडन्तमा अरु छ जना प्रहरी र सात जना लडाकू पनि घाइते भएका उनले बताए । हालैका वर्षहरुमा यस प्रान्तमा सुरक्षाफौज र तालिबान लडाकूबीच निरन्तरजसो भिडन्त हुने गरेका छन् ।

तालिबान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन् । तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै सुरक्षा जाँच चौकीबाट लडाकूहरुले एउटा बख्तरबन्द सैन्य सवारी साधन र हातहतियार कब्जा गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक