इथियोपियाका हिंसा पीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान



इथियोपियाको उत्तरी टिगरे क्षेत्रमा कम्तीमा पनि ३८ लाख नागरिकलाई मानवीय सहायता उपलब्ध गराइएको छ । सो क्षेत्रमा खाद्यान्नलगायतका सामग्रीको आवश्यकता परेको भन्दै यहाँका नागरिकलाई सहायता प्रदान गरिएको हो ।

अधिकारीहरुले करिब आठ लाख किलोग्राम जति खाद्यान्नका साथै अरु सामग्रीहरु पनि उपलब्ध गराइएको बताइएको छ । इथियोपियाको प्रधानमन्त्री कार्यालयले बिहीबार विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएको हो । सो क्षेत्रमा टिगरे पिपुल्स लिबरेसन फन्टको सशस्त्र विद्रोह रहेको थियो । हाल पनि सो क्षेत्रमा विद्रोह जारी रहेको छ ।

विद्रोहमा परेर हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने अरु हजारौँ त्यस क्षेत्रबाट विस्थापित भएर अन्यत्र सरेका छन् । त्यसैले सो क्षेत्रमा सरकारी निकायका अधिकारीको उपस्थिति पनि हुन दिइएको छैन । जसका कारण यहाँका स्थानीय नागरिक द्वन्द्वको चपेटामा परेका छन् र खाद्यान्न लगायतका अरु अत्यावश्यकीय साधनको अभावमा परेका छन् ।

सरकारी तथ्यांकअनुसार इथियोपियामा अझै पनि करिब ४५ लाख मानिसलाई तत्कालै खाद्यान्न लगायतका आवश्यकीय सामग्रीको खाँचो छ । तीमध्ये अधिकांश नागरिक हिंसाको चपेटामा परेका नागरिक हुन् ।

टिगरेको द्वन्द्वका कारण मात्र यहाँका करिब २२ लाख मानिस विस्थापित भएका छन् । उनीहरु कतिपय इथियोयामा नै शरणार्थी भएर रहेका छन् भने अरु कैयौँ नागरिक विस्थापित भएर विदेशिन बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत