जापानी अर्बपति चन्द्रमाको यात्रामा जान ईच्छुक आठजनाको खोजीमा



जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन् । उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ ।

‘म चाहन्छु यसमा विभिन्न पृष्ठभूमिका मानिस जोडिउन्,’ उनले ट्वीटरमा राखिएको भिडिओमा भनेका छन्। उनले त्यसकालागि त्यहाँ आवेदन भर्ने विवरणहरू पनि राखेका छन् । उनले पूरै यात्राकोलागि आवश्यक खर्च आफूले गर्ने र अन्य सहभागीको यात्रा निःशुल्क हुने पनि बताएका छन् । डियरमून नामक अन्तरिक्ष मिसन सन् २०२३ मा उड्ने तय गरिएको छ ।

उक्त मिसनमा भाग लिनका लागि आवेदकहरूले दुईवटा मापदण्ड पूरा गर्नुपर्नेछ। उनीहरू ‘जुनसुकै गतिविधि’ मा भए पनि उनीहरूले ‘अन्य मानिस र बृहत समाजलाई कुनै न कुनै रूपमा सहयोग गर्नुपर्नेछ,’ र ‘त्यस्तै धारणा राख्ने यात्राका अन्य सदस्यहरूलाई सहयोग गर्न ईच्छुक हुनुपर्नेछ’, उनले भने।

‘मैले सबै सिटहरू किनिसकेको छु, त्यसैले यो यात्रा निजी हुनेछ,’ उनले थपे । फेशन दुनियाँका ती धनाढय र कला संकलकले यात्राका लागि यसअघि आफूले कलाकारहरूलाई आमन्त्रण गर्न चाहेको बताएका थिए । तर अब भने यात्रामा समावेश हुन विश्वभरका मानिसहरूलाई मौका दिने उनले बताएका छन् ।

गत वर्ष, उक्त यात्रामा आफूसँग समावेश हुनका लागि उनले नयाँ केटीसाथीको पनि खोजी गरेका थिए तर पछि उनले त्यो योजना रद्द गरे । सन् २०१८ मा, एलन मस्कको स्वामित्वको कम्पनी स्पेसएक्सले उनीहरूले चन्द्रमाको परिक्रमा यात्रामा लैजाने पहिलो निजी यात्रुका रुपमा माएजावाको नाम छानेको थियो ।

अन्तरिक्षमा जानका लागि माएजावाले कति रकम तिरे भन्ने खुलाइएको छैन। तर मस्कका अनुसार त्यो धेरै ठूलो रकम थियो । सन् २०२३ का लागि योजना गरिएको यो मिसन सन् १९७२ पछिको मानवको पहिलो चन्द्रमायात्रा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा