अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार



पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ ।

इराकमा सक्रिय इस्लामिक स्टेट समूहविरुद्धको कारबाहीमा इराकी सेनालाई सघाउन अमेरिकी नेतृत्वमा अइन अल–असद सैन्य अखडामा अमेरिकी र इराकी सेना रहेका छन् ।

अमेरिकी सेनाका प्रवक्ता कर्णेल वाइने मारोटोले बिहान ७.२० बजे सैन्य शिविरलाई लक्षित गरी १० वटा क्षेप्यास्त्र प्रहार भएको पुष्टी गरे । इराकी सुरक्षा स्रोतले क्षेप्यास्त्रहरु इरानमा निर्मित अराश मोडेलका रहेको बताएको छ । यी क्षेप्यास्त्रहरु १२२ एमएम आर्टिलरी रकेट र केही भारी किसिमका रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८

चीनमा आँधीबेहरीको खतरा

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका लागि चेतावनी जारी गरेको छ