हाइटीको जेलबाट दुई सय कैदी फरार



हाइटीमा जेलबाट शुक्रबार दुई सय भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेका सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले जानकारी दिएका छन् । जेलमा झण्डै ४०० कैदी रहेका थिए ।

“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने । राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको उनले जानकारी दिए । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेका उनले बताए ।

झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन् । उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उनको भनाई छ । मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन् ।

उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरुले जनाएका छन् । हाइटीमा जेल तोडफोड भएका र कैदीहरु भाग्ने तथा उनीहरुको मृत्यु भएका घटना बेला बेलामा हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोप ‘युद्धपूर्वको युगमा’ प्रवेश गरेको पोल्याण्डका प्रधानमन्त्री टस्कको भनाइ

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले युरोपमा द्वन्द्वको ‘वास्तविक’ खतराबारे चेतावनी दिँदै दोस्रो विश्वयुद्धको अन्त्यपछि

श्रीलङ्कालाई आर्थिक सहयोगको निरन्तरता दिन चीन सहमत

चीनले श्रीलङ्कालाई दिने सहयोग जारी राख्ने बताएको छ । आर्थिक सङ्कटपछि अहिले क्रमिकरूपमा

युगाण्डामा मलेरिया नियन्त्रण अभियान प्रभावित

द्वन्द्व र जलवायु परिवर्तनलगायतका विश्वव्यापी सङ्कटका कारण अन्तर्राष्ट्रिय दाताहरूले युगाण्डामा मलेरिया परियोजनाहरूको लागि

चरम गर्मीमा काम गर्ने महिलाहरूमा बच्चा खेर जाने जोखिम दोब्बर हुने

बीबीसी । भारतको एउटा नयाँ अध्ययनका अनुसार चरम गर्मीमा काम गर्ने महिलाहरूमा पेटमै