पाकिस्तानी प्रधानमन्त्री श्रीलङ्का भ्रमणमा



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबारदेखि श्रीलङ्काको भ्रमण सुरु गरेका छन् । दुई दिने औपचारिक भ्रमणका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्काका समकक्षीको निमन्त्रणामा श्रीलङ्काको भ्रमणमा गएका हुन्। भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशी, प्रधानमन्त्रीका बाणिज्य, उद्योग, कर तथा लगानी सम्बन्धी सल्लाहकार अब्दुल रजाक दाउद र प्रधानमन्त्रीका विषेश सहयोगी सयद जुल्फीकार अब्बास बुखारी पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री भएपछि उनले पहिलो पटक श्रीलङ्काको भ्रमण गरेका अधिकारीहरुले जनाएका छन् । उनी सन् २०१८ को अगस्टमा पाकिस्तानको प्रधानमन्त्री भएका थिए । खान नेतृत्वको भ्रमण टोलीले व्यापार, लगानी, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही