कोभिड–१९ र खडेरीको असर सामना गर्न अफगानिस्तानलाई विश्व बैंकको नौ करोड अमेरिकी डलर अनुदान



कोभिड–१९ र खडेरीको असर सामना गर्न विश्व बैंकले अफगानिस्तानलाई नौ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको छ ।

अफगाजिस्तास्थित विश्व बैंकको कार्यालयले बिहीबार जारी वक्तव्यमा भनिएको छ, “युद्धग्रस्त एशियाली मुलुकका लागि अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) बाट अनुमोदन गरिएको अनुदान खडेरी र कोरोनाभाइरस प्रभावित अफगानी नागरिकलाई नियमित र पूर्वानुमान नगद सहयोग प्रदान गर्नेछ ।”

साथै उक्त रकम खाद्य र पोषण सुरक्षा सुधार ल्याउने काममा पनि प्रयोग गरिनेछ । अनुदानले अफगानिस्तानमा खडेरीबाट निम्तिने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न सफल कार्यक्रम निर्माण गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

“लाखौं अफगानीलाई गरीबीको चरम समस्यामा पुर्याई विस्थापित हुने जोखिममा पुर्याएको खडेरी र महामारीको असर कम गर्न कार्यक्रमले सहयोगी भमिका खेल्ने विश्व वैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेन र गाजा युद्ध अन्त्यका लागि वार्ता गर्न चीनको आग्रह

बेइजिङ । चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि ‘वार्ता’ गर्न सम्बन्धित पक्षलाई

पाकिस्तानी अदालतद्वारा खान दम्पती निर्दोष रहेको जाहेरी अस्वीकार

इस्लामाबाद । पाकिस्तानको एक अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा

भियतनाममा यागी चक्रवातको प्रभाव घट्यो

म्यान्मा । यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने

चीनमा अवकाशको उमेर बढाइने

बेइजिङ । चीनले बिस्तारै सेवानिवृत्तिको उमेर बढाउने निर्णय गरेको छ । चिनियाँ सांसदहरूले