ब्रिटेनकी महारानीका पति प्रिन्स फिलिप अस्पताल भर्ना



ब्रिटेनमा महारानी एलिजबेथका श्रीमान् प्रिन्स फिलिप मङ्गलवार बेलुकी स्वास्थ्य सावधानीका निम्ति अस्पताल भर्ना भएका बकिङ्घम राजदरबारले जनाएको छ । विज्ञप्तिका अनुसार ९९ वर्षका प्रिन्स फिलिपलाई मध्ये लण्डनस्थि किङ् एडवर्ड सप्तम अस्पतालमा लगिएको थियो ।

राजदबारस्थित समाचार स्रोतका अनुसार प्रिन्स फिलिप कार चढेर अस्पताल गएका थिए र चिकित्सकको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको थियो ।

महारानी एलिजाबेथका पति प्रिन्स फिलिप ९९ वर्षका छन् । उनी केही दिनदेखि अस्वस्थ रहेका बताइएको छ तर उनको स्वास्थ्य समस्या कोरोनाभाइरससँग सम्बन्धित नरहेको उक्त समाचार स्रोतले जानकारी दिएको छ ।

ड्यूक अफ एडिनबराको उपाधिले पनि चिनिने प्रिन्स फिलिप आउँदो जुन १० तारिखमा सय वर्ष पुग्दैछन् । अस्पतालमा उनको मनोबल बलियो रहेको र चिकित्सकको निगरानी रहेर आराम गर्न उनी अझै केही दिन अस्पताल बस्ने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनद्वारा ६ वटा नयाँ उपग्रह प्रक्षेपण

उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शुक्रबार ६ वटा नयाँ उपग्रह

अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ?

पेरिस । अल्जाइमर रोगको कमजोर प्रगतिलाई कम गर्न सक्षम दुई नयाँ औषधिहरू हालैका

म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३, ८९ जना बेपत्ता

याङ्गुन । म्यान्मामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २९३ पुग्नुका साथै ८९ जना

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध

युक्रेन। युक्रेनले शुक्रबार रुसी मूलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका