ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत



अमेरिकी सिनेटमा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत भएको छ । माथिल्लो सदन सिनेटले जनवरी ६ मा संसद भवनमा भएको हिंस्रक आक्रमणमा ट्रम्प संलग्न भएको आरोपबाट मुक्त गरेपछि उनी महाअभियोगबाट जोगिएका हुन् ।

सिनेटमा ट्रम्पविरुद्धको दोस्रो पटकको महाअभियोग प्रस्तावमाथिको सुनुवाइ पछि मतदान भएको थियो । मतदानका क्रममा प्रस्तावको पक्षमा ५७ र विपक्षमा ४३ मत परेको थियो ।

ट्रम्पलाई दोषी ठहर्याउन आवश्यक दुई तिहाइ बहुमत अर्थात ६७ मत नजुटेपछि उनीमाथिको दोष प्रमाणित हुन नसकेको हो । राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले आफ्ना समर्थकहरुलाई संसद भवनमा आक्रमण गर्न उक्साएको आरोप थियो । उक्त आक्रमणमा ६ जनाको मृत्यु भएको थियो ।

हिंसात्मक आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रो पटक महाभियोग लागेको हो । तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले जनवरी १३ मा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पारित गरेको थियो ।

यसअघि ट्रम्पमाथि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितका आरोपमा महाअभियोग लागेको थियो । ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुने ट्रम्पको चेतावनी

  वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले संयुक्त राज्य

इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन

इरानको आक्रमणबाट ६ इजरायलीको मृत्यु, एकसय भन्दाबढी घाइते

बीबीसी । इजरयलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव तेस्रो रात

भारतमा केदारनाथ मन्दिर दर्शन गरेर फर्कदै गरेका यात्रु सवार हेलिकप्टर दुर्घटना, सात जनाको मृत्यु

काठमाडौं । भारत उत्तराखण्डको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ