सबै अष्ट्रेलियालीलाई अक्टोबरसम्म खोप दिइने



अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने भएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिससले नेसनल प्रेस क्लबमा गरेको सम्बोधनका क्रममा अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताएका हुन् ।

प्रधानमन्त्री मरिससले कार्यक्रममा भनेका थिए कि अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनभित्र खोप दिइ सक्ने कार्यक्रम यहाँको सरकारले बनाएको छ र मलाई लाग्छ यो अष्ट्रेलियाको इतिहासमै एउटा गाह्रो काम हुनेछ । यसका लागि अष्ट्रेलियाली सरकारले यहाँका सबै नागरिकलाई खोप लिनका लागि उत्साहित गरेको जानकारी पनि उनले दिएका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मरिसनले अष्ट्रेलियाली नागरिकलाई खोप लाउने काममा प्रोत्साहन गर्नु पनि गाह्रो काम भएको बताए । यस प्रयोजनका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अर्ब अष्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको पनि जानकारी दिए ।

अष्ट्रेलियाले खोप कार्यक्रमका लागि कम्तीमा पनि २ करोड ५० लाख अष्ट्रेलियाली नागरिकलाई खोप दिइने भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अष्ट्रेलियाले एक करोड डोज फाइजरको खोप बुकिङ गरिसकेको छ र यी डोजहरु पहिलो चरणमा लगाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते

जेरुसेलम। अमेरिकाले आणविक साइटहरूमा बम प्रहार गरेलगत्तै इरानले इजरायलमा दुईवटा मिसाइल प्रहार गरेपछि

अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प

वासिङ्टन ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी हवाई आक्रमणले इरानका मुख्य आणविक स्थलहरू

ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने पाकिस्तानको घोषणा

बीबीसी । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने

इरानका तीन प्रमुख आणविक केन्द्रमा अमेरिकी आक्रमण

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन प्रमुख आणविक साइटहरूमा अमेरिकी