हङ्गेरीमा कोरोनाविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने



हङ्गेरी कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने भएको छ । हङ्गेरीका सरकारी अधिकारीहरुले चिनियाँ खोप प्रयोग गर्ने निर्णय गरेका हुन् । उनीहरुले चीनमा विकास गरिएको सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

हङ्गेरीका प्रमुख मेडिकल अधिकृत सेसिलिया मुलरले भने, “राष्ट्रिय फार्मेसी तथा पोषण इन्स्टिच्युटले आज चिनियाँ सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरेको छ ।”

यस बाहेक हङ्गेरीमा फाइजर बायोएनटेकले विकास गरेको खोप, बेलायतमा विकास गरिएको र रुसमा विकास गरिएको खोपलाई पनि प्रयोगका लागि यसअघि नै अनुमति दिइ सकिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा अरु पनि धेरै बैज्ञानिकहरुले खोप विकास गर्ने प्रयास गरिरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गत मङ्लबार दिएको जानकारी अनुसार अहिले विश्वभरी २३६ प्रकारका खोप विकास गरिएको छ भने ती मध्ये ६३ वटा चिकित्सकीय परीक्षणको क्रममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल प्रहारबाट कुनै क्षति नभएको पुष्टि

दोहा । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ

सिरियाली चर्चमा भएको आक्रमणमा संलग्नहरूलाई कानुनी दायरामा ल्याइने

दमास्कस । सिरियाका कार्यवाहक राष्ट्रपति अहमद अल–शराआले राजधानी दमास्कसमा रहेको एक चर्चमा भएको

इजरायलसँग युद्धविरामबारे सहमति नभएको इरानको भनाई

बीबीसी । इजरायलसँग युद्धविरामबारे सहमति भएको अस्वीकार गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको