रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत



पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ । ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनीविरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ ।

ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव विचाराधीन छ । डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले भने ट्रम्प विरुद्ध महाभियोग प्रस्ताव पारित गरी सिनेटमा छलफलका लागि पठाइसकेको छ । उक्त प्रस्तावमा आगामी फेब्रुअरी ९ देखि सिनेटमा छलफल गर्नेगरी कार्यतालिका सार्वजनिक भइसकेको छ ।

ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित हुन कम्तीमा १७ जना रिपब्लीकन सिनेटरले डेमोक्रेट पार्टीलाई साथ र समर्थन गर्नु पर्नेछ जुन डेमोक्रेटका लागि फलामको च्यूरा चपाएसरह हुनेछ । अमेरिकी कानुन बमोजिम कुनै पनि राष्ट्रपति विरुद्धको महाभियोग पारित हुन सिनेटमा दुई तिहाई मत आवश्यक पर्दछ । हाल सिनेटमा रिपब्लीकन र डेमोक्रेट पार्टीबाट ५०–५० सदस्य छन् ।

पूर्व राष्ट्रपति ट्रम्पको कार्यकाल समाप्त भई विदा भइसकेको अवस्थामा महाभियोगमाथि छलफल गर्नुको औचित्य छैन भन्ने केन्टकी राज्यका रिपब्लीकन सिनेटर रान्ड पलको भनाईलाई सिनेटमा भएको मतदानमा ५५/४५ ले अस्वीकार गरेको थियो ।

मतदानपछि बोल्दै सिनेटर पलले ४५ जना सिनेटर महाभियोगको विपक्षमा रहेकाले महाभियोग प्रस्तावको संवैधानिक आधार समाप्त भइसकेको जिकिर गरेका थिए । महाभियोगको सुनुवाईको अध्यक्षता गर्नु भएका ८० वर्षीय सिनेटर प्याट्रिक लेही मङ्गलबारको प्रारम्भिक सुनुवाईपछि एकाएक अस्वस्थ भएर अस्पताल भर्ना भएका थिए ।

तर उनको स्वास्थ्य अवस्था सुधार भइसकेको प्रवक्ताले बताएका छन् । पछिल्ला राजनीतिक घटनाक्रम र अर्कान्सा राज्यको गभर्नरका लागि ह्वाइट हाउसकी पूर्व प्रेस सचिव सराह हक्याबी स्यान्डर्सको मनोनयनले रिपब्लीकन पार्टीभित्र ट्रम्पको प्रभाव निकै रहेको अनुमान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८

चीनमा आँधीबेहरीको खतरा

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले बिहीबार वर्षाको आँधीबेहरीका लागि चेतावनी जारी गरेको छ