राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर, लक्ष्यभन्दा निकै कम योगदान



संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेगरी मद्दतका लागि तीन दर्जनजति मुलुकले ४३ करोड ९० लाख डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । राष्ट्रसंघले आशा गरेको एक अर्ब ५० करोडको तुलनामा यो रकम निकै कम हो ।

भिडियो कन्फरेन्स मार्फत सदस्य दातृ मुलुकहरुसँगको अन्तक्र्रियामा यस्तो प्रतिबद्धता व्यक्त भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा सन् २०२० मा प्राप्त भएको रकम समेत ३९ वटा दातृ मुलुकबाट ४३ करोड ९० लाख मात्र प्रतिबद्धता व्यक्त भएको उल्लेख छ ।

शान्ति कोषबाट साहेल, मध्य एसिया, मध्य अमेरिका र बाल्कन क्षेत्र समेतका ५१ मुलुकमा विगत तीन वर्षदेखि शान्ति अभियान सञ्चालन भइरहेका छन् । यी कार्यक्रमका लागि तीन वर्षमा ३५ करोड ६० लाख खर्च भइसकेको छ ।

सन् २००६ मा स्थापित राष्ट्रसंघीय शान्ति निर्माण कोषका प्रमुख मार्क–आन्द्रे फ्रान्चले सन् २०२० देखि २०२४ सम्मका पाँच वर्षका लागि डेढ अर्ब डलर परिचालन गर्ने लक्ष्य राखिएको जानकारी दिए । फ्रान्चका अनुसार ३४ वटा मुलुकले कोषमा रकम दिएका छन् तर त्यसमध्ये ६० प्रतिशतभन्दा बढी रकम जर्मनी, स्वीडेन र बेलायतले उपलब्ध गराएका छन् ।

जर्मन विदेश मन्त्री हेको मासले आगामी दुई वर्षमा जर्मनीले कम्तीमा ६ करोड ८ लाख उपलब्ध गराउने बताए । राष्ट्रसंघका लागि फ्रान्सेली राजदूत निकोलास डी रिभियेराले आफ्नो मुलुकले ४५ लाख डलर योगदान गर्ने जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहमदावादमा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड । इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका

खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा

भष्टाचार मुद्दामा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ