भारतमा भएको किसानहरुको प्रदर्शनमा एक जनाको मृत्यु



भारत सरकारको नीतिविरुद्ध आन्दोलन गरिरहेका हजारौँ किसानहरू प्रहरी अवरोधलाई छिचोल्दै दिल्लीस्थित लालकिल्लामा प्रवेश गरेका छन्।

भारतको गणतन्त्र दिवसकै अवसरमा आयोजित एउटा विशाल र्‍यालीमा सहभागी भएका किसानहरू ट्र्याक्टर तथा पैदल आएका थिए।

धेरै प्रदर्शनकारीहरू पहिला निश्चित गरिएका मार्गहरूबाट नहिँडीकन अघि बढ्न खोज्दा प्रहरीसँग भिडन्त भएको थियो। एक प्रदर्शनकारीको मृत्यु भएको छ।

सुरक्षाकर्मीहरू शान्ति पुनर्स्थापित कायम गर्ने प्रयासमा लाग्दा दिल्लीका केही स्थानमा इन्टरनेट सेवा बन्द गरिएको छ।

सरकारले हिंसाबारे कुनै टिप्पणी गरिसकेको छैन। तर गृहमन्त्री अमित शाहले दिल्ली प्रहरीका अधिकारीहरूसँग त्यहाँको स्थितिबारे छलफल गरेको बताइएको छ।

किसानहरूले भारतको राष्ट्रिय झण्डाबाहेक अरू झण्डा पनि लालकिल्लामा गाडे। प्रहरीका अनुसार प्रदर्शनकारीहरूलाई लालकिल्ला परिसरबाट हटाइएको थियो। तर साँझसम्म त्यहाँको तनाव देखिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ

चीनद्वारा ‘सेनझोउ–१८’ चालक दल अन्तरिक्ष मिशन कार्यको खुलासा

  सेनझोउ–१८ का अन्तरिक्ष यात्रीले चीनको अन्तरिक्ष स्टेसनमा आफ्नो छ महिनाको बसाइमा विभिन्न

जापानको मानवरहित चन्द्रमा ल्यान्डर तेस्रो चन्द्र रातसम्म जीवित

  जापानको चन्द्रमा ल्यान्डर आफ्नो प्रमुख कार्यपछि दुई साताको अर्को चिसो चन्द्र रातमा

अमेरिकी कांग्रेसद्वारा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित

  अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग