ट्रम्प प्रशासनको कोभिड-१९ खोप वितरण कार्य ’भद्रगोलपूर्ण’



ह्वाइहाउसका एकजना वरिष्ठ अधिकारीले ट्रम्प प्रशासनको कोभिड १९ खोप वितरण कार्य ’भद्रगोलपूर्ण’ र ’निकै सीमित’ रहेको बताएका छन् । राष्ट्रपति जो बाइडनका चिफ अफ स्टाफ रोन क्लेनले सङ्घीय सरकारसामु अमेरिकामा खोप वितरण गर्ने कुनै योजना नरहेको बताएका हुन् ।

गत बुधवार पद सम्हालेका राष्ट्रपति जो बाइडनले कार्यकालको सुरुवाती १०० दिनभित्र १० करोड मात्रा खोप उपलब्ध गराउने बाचा गरेका छन् । अमेरिकामा अहिलेसम्म २ करोड पचास लाखभन्दा धेरैमा कोरोनाभाइरस पुष्टि भएको छ। अहिलेसम्म ४ लाख १७ हजारभन्दा धेरैको मृत्यु भएको छ । पछिल्ला केही सातामा त्यहाँ मृत्यु हुनेको सङ्ख्या कुनैदिन चार हजार समेत नाघ्ने गरेको छ ।

एनबीसी न्यूजसँग कुरा गर्दै रोन क्लेनले खोप वितरण कार्य एउटा ’जटिल’ प्रक्रिया भएको बताए । पर्याप्त स्थान नभएका राज्यहरूका लागि सङ्घीय सरकारले खोप केन्द्रहरू तयार पार्ने उनले बताए । खोपहरू राज्य र सहरहरूमा पठाइए पनि केहीले त्यसको वितरणमा आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन् ।

अमेरिकाको सेन्टर्स फर डिजिट एण्ड कन्ट्रोलका अनुसार शनिवारसम्ममा चार करोड १० लाखको सङ्ख्यामा देशभर खोप वितरण गरिएको छ । तर त्यसमध्ये दुई करोड ५० लाख खोप लगाइएको छ । गत साता बाइडनले कैयौँ नयाँ रणनीतिहरू सार्वजनिक गर्ने क्रममा त्यसमा खोप कार्यक्रम र परीक्षणलाई तिब्रता दिने उल्लेख गरेका थिए ।

अहिलेसम्म स्वीकृत भएका मोडेर्ना र फाइजर कम्पनीले मार्च महिनासम्म अमेरिकालाई २० करोड खोप उपलब्ध गराउने बाचा गरेका छन् ।

बाइडनका प्रमुख स्वास्थ्य सल्लाहकार डा एन्थोनी फाउचीले आउँदो गर्मीयामभित्र ७० देखि ८५ प्रतिशत अमेरिकी जनसङ्ख्यालाई खोप दिन सकेमा शरद् यामभित्र देश ’एकखाले सामान्य अवस्थातर्फ’ जाने बताएका छन् । जनवरी २२ सम्मको एक विवरण अनुसार प्रत्येक एक सय अमेरिकीमा अहिलेसम्म ५.३ जनाले खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अहमदावादमा दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

अहमदावाद । भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको दोस्रो ‘ब्ल्याक बक्स’

इरान र इजरायलबीचको तनाव आगामी केही घन्टामा ‘शान्त’ हुने म्याक्रोँको आशा

ग्रीनल्याण्ड । इरान–इजरायल द्वन्द्व ‘आगामी केही घण्टाभित्र’ शान्तिमा फर्कने आशा व्यक्त गर्दै फ्रान्सका

खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास रहेको इरानको भनाई

तेहरान । इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा

भष्टाचार मुद्दामा दोषी ठहरिएपछि फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको खोसियो सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ