अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी १६ तालिबान लडाकूको मृत्यु



अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तीमा १६ लडाकू मारिएका छन् ।

खोगीआनी जिल्लाको आक्रम खिल क्षेत्र र शिर्जाल जिल्लाको हासिम खिल क्षेत्रमा गरिएको कारबाहीको क्रममा तालिबानका पाँच कमाण्डर पनि मारिएका जनाइएको छ ।

कारबाहीका क्रममा तालिबान लडाकू लुकेर बसेको आखाडा र उनीहरुको जाँच चौकीलाई पनि ध्वस्त परेको जनाइएको छ । पछिल्लो दुई दशकदेखि हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा पटक पटक शान्ति वार्ताको प्रयास थालिए पनि दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना कायम नै छ ।

तालिबानी समूहले अहिले पनि सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणबाट तालिबान शासन पतन हुँदाको अवस्थाकै शासकीय संरचना चाहेका छन् । तर अफगान सरकारका वार्ताकारले स्थायी युद्धबिराम र हालको शासकीय प्रणाली यथावत् राख्न विशेष रुपमा जोड दिँदै आएका र हाल पनि सरकारको मुख्य एजेन्डा सोही रहेको छ ।

गतवर्ष फेब्रुअरीमा तालिबान र अमेरिकाबीच अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गर्ने र सन् २०२१ को मे महिना भित्रै सबै सैनिक फिर्ता गरिसक्ने सम्झौता भएको थियो ।

अफगानिस्तान सरकार र तालिबानबीचको वार्ता शुरु भएदेखि पनि देशभित्र हिंसात्मक घटनामा कुनै कमी आएको छैन । पछिल्लो समय सरकारी पदाधिकारी, अधिकारवादी र पत्रकारलक्षित आक्रमण भइरहेका छन् ।

यहाँ हिंसामा परेर नागरिकको ज्यान जाने क्रम रोकिएको छैन् । तालिाबानले जारी राखेको यस हिंसा हत्याको कारण तालिबानविरुद्ध सुरक्षा कारबाही जारी राख्न सुरक्षा अधिकारीहरु पनि बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही