कोराना नियन्त्रणका लागि बाइडनले ल्याए एक सय दिने योजना



कोरोनाभाइरस महामारीले आक्रान्त बनेको संयुक्त राज्य अमेरिकामा उक्त भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति बाइडनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने तथा आवश्यक सामग्रीको उत्पादन वृद्धि गराउने घोषणा गरेका छन् । मास्कजस्ता अत्यावश्यक सामग्रीको उत्पादन बढाउन आपतकालीन कानुनहरू ल्याइने बताइएको छ ।

यसक्रममा १० वटा उपायहरूको घोषणा गर्दै बाइडनले महामारी नियन्त्रण गर्न महिनौँ लाग्ने तर यदि मानिसहरू एकताबद्ध भए अमेरिकाले यसलाई परास्त गर्ने बताए । अमेरिकाको ४६औँ राष्ट्रपति नियुक्त भएको भोलिपल्ट बाइडनले यी घोषणा गरेका हुन् । ट्रम्प प्रशासनले महामारी नियन्त्रणमा बेवास्ता गरेको आरोपहरू लागेका थिए ।

ट्रम्प प्रशासनको नीतिभन्दा बेग्लै बाइडन प्रशासनले महामारीसँग जुझ्न राज्यहरूमा भर पर्नुभन्दा एउटा राष्ट्रियस्तरको रणनीति अख्तियार गर्ने देखिएको छ । ‘यो युद्धकालीन यत्न हो,’ बाइडनले भने । उनले द्वितीय विश्वयुद्धमा भन्दा धेरै अमेरिकीहरूको ज्यान कोभिडले लिइसकेको उल्लेख गरेका थिए ।

राष्ट्रपतिले जारी गर्ने कार्यकारी आदेशहरूलाई संसद्को अनुमोदन आवश्यक हुँदैन तर बाइडनले घोषणा गरेका कैयौँ उपायहरू कार्यान्वयन गर्न आवश्यक स्रोतको व्यवस्था उनले गत साता सार्वजनिक गरेको १.९ ट्रिलियन डलरको राहत प्याकेजमा राखिएको छ । सो प्याकेज पारित गर्न उनलाई सिनेट तथा प्रतिनिधिसभाको सहयोग आवश्यक पर्छ ।

उनको पछिल्लो घोषणामा अबको १०० दिनमा स्कूलहरू सुरक्षित खोल्ने, अनि रङ्गशाला तथा सामुदायिक संरचनाहरूमा खोप केन्द्र स्थापना गर्नुपनि रहेको छ । साथै अब अमेरिका जान चाहने अन्तर्राष्ट्रिय यात्रीहरूले त्यहाँ जानु अगावै कोरोनाभाइरस नभएको परीक्षण रिपोर्ट देखाउनु पर्छ अनि त्यहाँ पुगेपछि १४ दिन स्वयम् क्वारन्टीनमा रहनुपर्छ ।

सबै सङ्घीय परिसरमा मास्क तथा सामाजिक दूरी अनिवार्य गरिएको छ। त्यस्तै नियम विमानस्थल तथा कैयन् विमान, रेल तथा बसमा पनि लागु गरिनेछ । हालसम्म अमेरिकामा कोभिडका कारण ४०६,००० भन्दा धेरै मानिसको ज्यान गइसकेको छ भने झन्डै अढाइ करोड मानिस सङ्क्रमित भइसकेका छन् ।

अमेरिकामा हाल भइरहेको खोप वितरण निकै विफल भएको भन्दै बाइडनले आफूले कार्यभार सम्हालेको १०० दिनमा १० करोड मानिसलाई खोप लगाइसक्ने योजना सुनाए । उनले समस्या वा कमजोरी उत्पन्न भए त्यसलाई पारदर्शी रूपमा बताउने बाचा गर्दै वैज्ञानिकहरूलाई विना राजनीतिक हस्तक्षेप काम गर्न दिने बताए ।

यसबीच सरकारका मुख्य मेडिकल सल्लाहकार एन्थोनी फाउचीले आगामी गर्मीयामको अन्त्यसम्म ७०-८५ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउन सकिए शरदयाममा सामान्य अवस्थामा फर्कन सकिने बताएका छन् । उनले अघिल्लो प्रशासनको नीतिभन्दा फरक अब अमेरिका गरिब देशहरूलाई सहयोग गर्न बनाइएको अन्तर्राष्ट्रिय खोप सञ्जाल कोभ्याक्समा सामेल हुने विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका