बाइडनद्वारा अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण



जो बाइडनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा पदको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए । कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन् । उनी उक्त पद निर्वाचित प्रथम महिला हुन्।

उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन् । निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा भाग नलिने पूर्व घोषणा बमोजिम नै सहभागिता जनाएनन् ।

आफ्ना उत्तराधिकारीको सपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन् । तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित छन् । समारोहमा भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित छन् ।

डेमोक्रेटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईँबाट आफै उठाएको दिन भएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो

चीनको गरिबी निवारण विश्वका लागि नमूना

गरिबी निवारणमा चिनियाँ नमूनाले विश्वको गरिबी निवारणका लागि उदाहरणीय योगदान पुर्याउने चीनले बताएको

भारतमा १ करोड ४२ लाख भन्दा बढीले लगाए कोभिडबिरुद्धको खोप

भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएकोमा अहिलेसम्म एक

हाइटीको जेलबाट दुई सय कैदी फरार

हाइटीमा जेलबाट शुक्रबार दुई सय भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा