राजतन्त्रको अपमान गरेको आरोपमा आइल्याण्डमा एक महिलालाई ४३ वर्ष कैद सजाय



थाईल्यान्डमा एकजना महिलालाई राजपरिवारको आलोचना गरेको आरोपमा ४३ वर्षको कैद सजाय सुनाइएको छ । राजतन्त्रको अपमान गरेको आरोपमा थाईल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो ।

आन्चन भनेर मात्र चिनिने पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडिओ पडकास्टका क्लीपहरू राखेकी थिइन् । ६३ वर्षीया ती महिलाले अडिओ फाइल केवल शेयर गरेकी थिइन्। उनले त्यसमा कुनै टिप्पणी गरेकी थिइनन् ।

थाईल्यान्डको राजतन्त्रको अपमानसम्बन्धी कानुन संसारकै सबैभन्दा कडामध्ये पर्छ । आन्चनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा क्लीपहरू शेयर गरेको २९ विभिन्न आरोपमा दोष स्वीकार गरेकी थिइन् ।

सुरुमा उनलाई ८७ वर्षको कैद सजाय सुनाइएको थियो । तर उनले दोष स्वीकारेकोले सजाय आधा घटाइयो । सन् २०१४ मा सेनाले सत्ता कब्जा गरेपछि राजतन्त्रको अपमान गरेको मुद्दा खेप्ने १४ जनाको समूहमध्ये उनी पनि पर्छिन् ।

उक्त समूहले राजतन्त्रसम्बन्ध आधिकारिक धारणाहरूमाथि प्रश्न उठाइएका पडकास्टहरू अपलोड गर्ने गरेको आरोप छ । उनीहरूविरुद्धको मुद्दा बन्द इजलासमा चलेको थियो र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उनीहरूविरुद्धको प्रमाण गोप्य नै राखिएको थियो ।

थाईल्यान्डमा बारम्बार राजनीतिक अशान्ति तथा विरोध प्रदर्शनहरू भइरहन्छन् । पछिल्लो विरोध प्रदर्शनको शृङ्खला गत फेब्रुअरीमा सुरु भएको थियो जब एउटा अदालतले एउटा कमजोर हुँदै गएको ’प्रजातन्त्र समर्थक राजनीतिक दल’लाई विघटन हुन आदेश दियो ।

विरोध प्रदर्शनकारीहरूले विभिन्न माग राखेका थिए। तर उनीहरूले राजतन्त्रको शक्तिमाथि प्रश्न उठाउन थालेपछि प्रदर्शनहरू चर्किए । उनीहरूले हालसालै विस्तार गरिएको राजतन्त्रको शक्ति कटौती गरिनुपर्ने माग राखेका थिए ।

साथै राजतन्त्रको सबै सम्पत्ति राजाले आफ्नो व्यक्तिगत भएको घोषणा गरेकोप्रति चुनौती पेश गरेका थिए । उक्त घोषणाले राजा थाईल्यान्ड सबभन्दा धनी व्यक्ति बनेका थिए। यसअघि ती सम्पत्ति जनताको फाइदाका निम्ति भन्दै कोषहरूमा राखिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच शिशुको हत्या गरेको आरोपमा अर्जेन्टिनी नर्सलाई आजीवन कारावास

ब्युनस आयर्स । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या र आठ अन्यको हत्या

स्पेसएक्स स्टारसिप ‘नियमित’ परीक्षणका क्रममा विस्फोट

ह्युस्टन (अमेरिका)। टेक अर्बपति एलन मस्कको स्पेसएक्स स्टारसिप टेक्सासमा बुधबार राति नियमित परीक्षणका

इजरायल र इरानबाट आफ्ना नागरिकहरूको निकासीमा सरकारहरूको हतारो

हङकङ । विश्वभरका सरकारहरूले द्रुत गतिमा बढिरहेको इजरायल–इरान द्वन्द्वमा फसेका आफ्ना हजारौँ नागरिकलाई

म्यान्माकी नेतृ आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन

याङ्गुन । म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन