‘अश्लील केक’ बनाएको आरोपमा इजिप्टमा एक महिला पक्राउ



इजिप्टमा एकजना महिलालाई ’अश्लील केक’ बनाएको आरोपमा पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ती केकका माथिपट्टि राखिएका फोन्डेन्ट आइसिङ्मा यौनाङ्ग तथा भित्री वस्त्र जस्ता देखिने आकृति रहेका थिए र राजधानी कायरोको एउटा स्पोर्ट्स क्लबमा आयोजित जन्मदिनको समारोहमा सो केक खाइएको थियो । त्यसको फोटो भाइरल भएपछि बेकरलाई पक्राउ गरिएको थियो ।

उनलाई ३१९ डलरको जमानतमा पछि रिहा गरिएको थियो । जन्मदिनको समारोहमा उपस्थितहरूमाथि पनि कानुनी कारबाही हुनसक्ने ठानिएको छ ।

एउटा उच्च धार्मिक निकायले त्यस्ता सामग्री इस्लामले वर्जित गरेको जनाएको छ । दार अल–इफ्ताले फेसबुकमा टिप्पणी गर्दै यौन झल्काउने सामग्रीहरू ’समाजको मूल्यमान्यतामाथि प्रहार’ भएको जनाएको छ । त्यहाँको युवा तथा खेलकुद मन्त्रालयले क्लबमा भएको निजी समारोहबारे छानबिन गरिरहेको बताइएको छ ।

मानव अधिकारसम्बन्धी वकिल नेगाद एल बोराइले उक्त घटनाले राज्यको सहयोगमा अनि इजिप्टको पारिवारिक मूल्यमान्यताको बहानामा समाजमा एउटा तप्का व्यक्तिगत स्वतन्त्रता हनन गर्न उद्यत रहेको उजागर गरेको टिप्पणी गरेका छन् ।

उनले टिकटक तथा अन्य सामाजिक सञ्जालमा राखिएका भिडिओहरूलाई लिएर इजिप्टका कैयन् युवतीहरूमाथि नैतिकतासम्बन्धी अपराध गरेका आरोपहरू लाग्ने गरेका घटनासँग पछिल्लो घटनालाई जोडेर हेर्नुपर्ने बताए ।

गत मङ्गलवार एउटा पुनरावेदन अदालतले सामाजिक सञ्जालमा प्रभावशाली रहेका दुईजना (२० वर्षीया हनीन होसाम र २२ वर्षीया मवादा अल–अदाम)लाई सुनाइएको दुई वर्षको कैद सजाय उल्ट्याइदिएको थियो । अभियोजनकर्ताले उनीहरूमाथि आफ्नो जस्तै भिडिओ राख्न उक्साएर अन्य किशोरीहरूको शोषण गर्न खोजेको पनि आरोप लगाएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर

  विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको सम्बोधन गर्ने उद्देश्यले

युद्धका बेला देश एकताबद्ध हुनुपर्छः नेतान्याहु

  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले  मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय गुप्तचर एजेन्सी) भ्रमण गर्ने

थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका