जो बाइडनले अमेरिका यात्रा प्रतिबन्ध जारी राख्ने



राष्ट्रपति डोनल्ड ट्रम्पले वेलायत, अधिकांश युरोपेली देश र ब्रजिलबाट हुने यात्रामा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि नयाँ राष्ट्रपतिको पदभार ग्रहण गर्न लागेका जो बाइडनकी प्रवक्ताले चाहिँ अमेरिकाले त्यसलाई कायम राख्ने बताएकी छन् ।

सोमबार मात्र ह्वाइट हाउसले बाइडनले सत्ता सम्हालेको छ दिनपछि जनवरी २६ देखि ती देशबाट आउने मानिसहरूलाई अमेरिका प्रवेशमा लाग्दै आएको रोक हटाउने निर्णय गरेको थियो । तर बाइडनकी प्रवक्ता जेन साकीले ट्वीट गर्दै अहिले यात्रा प्रतिबन्ध हटाउने बेला नभएको बताएकी छन् । बुधबार बाइडनले राष्ट्रपतिको शपथ लिनेछन् ।

गत मार्च महिनामा अमेरिकाले युरोपबाट र मे महिनामा ब्रजिलबाट हुने यात्रामा प्रतिबन्ध लगाएको थियो । ट्रम्पको आदेश जारी भएलगत्तै साकीले ट्वीटमा लेखेकी छन्,‘हाम्रो चिकित्सा समूहको सल्लाहअनुसार हाम्रो प्रशासनले जनवरी २६ मा ती प्रतिबन्धहरूलाई हटाउनेछैन।’

‘वास्तवमा कोभिड १९ सँग थप सामना गर्नका लागि अन्तर्राष्ट्रिय यात्राहरूमा जनस्वास्थ्य मापदण्डहरू बलियो बनाउने हाम्रो योजना छ।’ उनले थप सङ्क्रामक भाइरसको प्रकार विश्वभरि देखा परिरहेकाले अहिले नै अन्तर्राष्ट्रिय यात्रामाथिका प्रतिबन्ध हटाउने बेला नभएको बताइन् ।

त्यसअघि ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा वेलायत, आयरल्यान्ड र युरोपको सेन्जेन क्षेत्रसहित ब्रजिलबाट हुने यात्रालाई जनवरी २६ बाट प्रतिबन्ध नलगाइने एउटा आदेशमा ट्रम्पले हस्ताक्षर गरेको जनाइएको थियो । चीन र इरानबाट हुने यात्रामा भने प्रतिबन्ध कायम नै राखिएको उक्त आदेशमा उल्लेख गरिएको छ ।

यूएस सेन्टर्स फर डिजीजेज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) ले जनवरी २६ पछि अमेरिका आउनेहरूले कोभिड १९ परीक्षणमा भाइरस नदेखिएको वा निको भएको प्रमाण पेस गर्नुपर्ने आदेश जारी गरेको थियो । त्यसपछि राष्ट्रपतिको आदेश जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’