कोरोना भाइरसका सङ्क्रमित एउटा जोडीको अस्पतालमा अन्तिम भेट



कोरोनाभाइरस सङ्क्रमित वयोवृद्ध एउटा जोडीलाई अस्पतालले एक अर्कालाई अन्तिम पटक भेट्न बहुमूल्य समय दिएको छ । वेलायतको ब्राकनेलका गेरी र बारबारा जारेट सरेको फ्रिमले पार्क अस्पतालको छुट्टाछुट्टै वार्डमा उपचाररत थिए ।

उनीहरूको छोरीले ट्विटरमा अन्तिम भेटको तस्बिर हाल्दै आफ्नी आमा अन्तिम अवस्थामा देखिएकी बताएकी छन् । अस्पतालको कारण आफ्ना आमाबुवाले बहुमूल्य थप समय सँगै बिताउन पाएको उनले बताएकी छन् । ती छोरीले ५० वर्ष सँगै बिताएका ७९ वर्षीय पिता र ७६ वर्षीया आमा कोभिड १९ का कारण दुई साताअगाडि अस्पताल भर्ना गरिएको बताइन् । मङ्गलवार उनले लेखिन्, ‘महामारीबीच अस्पतालका स्वास्थ्यकर्मीले मेरा मातापिताबीच शायद अन्तिम पटक भेटको मौका मिलाइदिए।’

उनले बुधवार पनि आमाबुवाले भेटेको र आमा अन्तिम अवस्थामा जस्तो देखिएकी लेखिन् । उनले लेखिन्ः ‘बुवा ह्वीलचेयरमा रुँदै आमाको हात समाए र उनको आँखा खुल्यो। उनी बिउँझिन्, उज्याली भइन् र बोल्न पनि सकिन्।’ ‘उनीहरूले बहुमूल्य एक वा दुई घण्टा पाए जुन आमालाई श्वास फेर्न निकै गाह्रो भएपछि सकियो।’

विद्यालय शिक्षिका छोरीले आफ्नो पिताको स्वास्थ्यमा सुधार भएको तर अझै लामो यात्रा बाँकी रहेको बताइन् । ‘बुवालाई अन्य रोगहरू पनि छ जसले निको हुने कुरा अलि कठिन बनाउँछ। तर यो भाइरसलाई जितेर उहाँ आउनुहुन्छ भन्ने कुरामा म सकारात्मक रहनुपर्छ।’ उनले दोहोरो शिफ्टमा काम गरिरहेका अस्पतालका स्वास्थ्यकर्मीलाई भेटेको बताइन् ।

‘उनीहरू शारीरिक र भावनात्मक रूपमा थाकेको बेला पनि कसरी यस्तो करुणा देखाउन सक्छन् मैले बुझेको छैन,’ उनले भनिन्। उनको ट्विटर पोस्टमा कमेन्ट गर्दै अस्पतालले लेखेको छः ‘हाम्रो मन तपाईँ र तपाईँको परिवारसँगै छ।’ ‘हाम्रा स्वास्थ्यकर्मीले तपाईँका लागि यो समय अलि सहज बनाउन सकेकोमा हामी खुसी छौँ। यो हामीले दिने सबैभन्दा महत्त्वपूर्ण हेरविचार हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोनाभाइरसको भारतीय प्रकार विश्वव्यापी चिन्ताको विषय भएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको भेरिअन्टको रूपमा वर्गीकरण

भारतमा कोभिड संक्रमित घट्दै

भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ

चीनको जनसंख्या केहीवर्ष एक अर्ब ४० करोडभन्दा बढी हुने

चीनको राष्ट्रिय तथ्यांक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा

भारतमा गङ्गा नदी किनारमा दर्जनौँ शव फेला

उत्तर भारतमा गङ्गा नदीको किनारमा कम्तीमा ४० वटा शव फेला परेका अधिकारीहरूले बताएका